हिजोदेखि सक्रिय भएको मनसुन आज प्रदेश ५ को अधिकांश भागमा सक्रिय हुंदै

Jagaran Post ७ आश्विन २०७७, बुधबार १३:४५ मुख्य समाचार
सेयर गर्नुहोस्

बुटवल । हिजोदेखि सक्रिय भएको मनसुन आज प्रदेश ५ सहित देशका अधिकांश भागमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश ५ को तिनाउ, वाणगंगा, पश्चिम राप्ती लगायतका नदीहरुमा बहाव बढ्दै जाँदा सचेत रहन आग्रह गरिएको छ । प्रदेश ५ का पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम, प्युठान र दाङका खोलाहरुमा पनि बाढीको सम्भावना रहेकोमा मौसम पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

यस्तै आज राती पनि देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सबै प्रदेशका थोरैरथोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १÷२ स्थानमा धेरै भारी वर्षाको समेत संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२