मकवानपुरमा पहिरोमा स्कारपियो र मोटरसाइकल पुरिँदा एक जनाको मृत्यु

Jagaran Post ७ आश्विन २०७७, बुधबार १४:१६ प्रदेश ३
सेयर गर्नुहोस्

मकवानपुर : मकवानपुरको भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै गुडिरहेको स्कारपियो र मोटरसाइकललाई पहिरोले पुरेको छ ।

काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कारपियो पहिरोले पुरिँदा जिप चालकको मृत्यु भएको छ । उनकोे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पहिरोमा पुरिएको छ । पहिरोले मोटरसाइकल पुरिँदा त्यसमा सवार दुबै जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सडकको माथिल्लो भागबाट चट्टान र माटो मिश्रित पहिरो गुडिरहेको जिपमाथि खसेको हो । अहिले पहिरो पन्छाउने काम भैरहेको उनले बताए ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२