सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Jagaran Post ८ आश्विन २०७७, बिहीबार ११:४४ प्रदेश २
सेयर गर्नुहोस्

सप्तरी : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि २–३ दिन सामान्य अवस्था देखिएपनि पछि उनमा लक्षण देखिन थालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए । ३ दिनअघि उनी २४ घण्टा राजविराजस्थित साईकृष्ण मेकिडल कलेजको पुरानो भवनमा रहेको आइसोलेसनमा समेत बसेका थिए ।

घर फर्केर होम आइसोलेसनमा बस्दै आएका कार्यालय सहयोगीको बिहीबार बिहान मृत्यु भएको हो । “बिहीबार बिहान उठ्दा सामान्य अवस्थामा रहेपनि अचानक उनको मृत्यु भएको हो”, सूचना अधिकारी ठाकुरले भने । सप्तरी जिल्लामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या योसमेत गरी १२ जना पुगेको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२