यसपालीको पद्मश्री पुरस्कार सञ्जीव उप्रेतीको ‘हंस’ र साधना सम्मान पुरस्कार प्रश्रितलाई

Jagaran Post ११ आश्विन २०७७, आईतवार १०:१९ कला साहित्य
सेयर गर्नुहोस्

काठमाण्डौ– खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं.२०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ। मदन पुरस्कारपछिको महत्वपूर्ण पुरस्कारको रुपमा मानिने पद्मश्री पुरस्कार बर्षभरिका पुस्तकहरुमध्ये उत्कृष्ट एक पुस्तकलाई प्रदान गर्ने गरिन्छ।

संजिव उप्रेती

समितिले आज एक बिज्ञप्ति जारी गर्दै यसपालीको पद्मश्री पुरस्कार `हंस´लाई प्रदान गरिने जानकारी दिएको हो। ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको छ । उपन्यासमा मानिस अफैँले बनाएको जालमा कसरी फसिरहेको र त्यसको बोझले थिचिरहेको छ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट लेखकले प्रस्तुत गरेका छन् ।

त्यसैगरि यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ । विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान गरिएको बताइएको छ । उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन लाख रहेको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठाका अध्यक्ष जीवा लामिछानेले जनाऊनुभएको छ।

मोदनाथ प्रश्रित

वि.स. २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने जनाइएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२