ब्रेकिङ न्युज:

४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

जागरणपोस्ट ११ आश्विन २०७७, आईतवार १०:२७

झापा : झापाको कनकाई नगरपालिका-९, घैलाडुब्बाका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए। उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए।

आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए। हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ। कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए।

कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ। त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको नगर प्रमुख पाेखरेलले जानकारी दिए। कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११