बुटवलको चौराहा अस्पतालले आफ्ना कोरोना योद्धालाई गर्यो स्वागत

Jagaran Post १२ आश्विन २०७७, सोमबार २१:४२ प्रदेश ५
सेयर गर्नुहोस्

बुटवल । बुटवलको चौराहा अस्पताल प्रा लिले कोरोना भाईरस जितेर फर्केका आफ्ना स्वास्थ्यकर्मीलाई स्वागत गरेको छ । सोमबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई स्वागत गरिएको हो ।

अस्पतालमा काम गर्ने डाक्टर, नर्स तथा अन्य कर्मचारी गरि १७ जनालाई कोरोना संक्रमण देखिएको थियो । कोरोनाको रिपोर्ट पोजेटिभ आएको १४ दिनपछि पुन अस्पतालले उनीहरुको पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले सामुहिक रुपमा उनीहरुको स्वागत गरेको अस्पतालका सूचना अधिकारी कमल ज्ञवालीले जानकरी दिनुभयो ।
उनीहरुलाई बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री र अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै बुटवल उप-महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना भाईसर संक्रमण भएपछि आत्मबल बलियो बनाउनुपर्ने बताउनुभयो । संक्रमण हुनबाट बँच्नका लागि सचेत र सजग हुनुपर्ने र संक्रमण भईहालेमा आत्मबल बलियो बनाउनुपर्ने उहाँको भनाई थियो । संगसंगै कोरोना संक्रमितप्रति सहानुभूति राख्ने र मनोबल बढाउन प्रेरणा दिनुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले कोरोना भाईरस संक्रमणको जोखिम भोलीका दिनमा पनि रहने भएकाले त्यसबाट बँच्नका लागि सजग र सतर्क रहनुपर्नेमा जोड दिनुभयो । ‘स्वास्थ्यकर्मीले मानवीय सेवालाई भूल्नु हुँदैन ।’ उहाँले भन्नुभयो–‘संक्रमको जोखिम आजमात्रै होईन, भोलीपनि उत्तिकै छ, त्यसको सामना गर्न अस्पताल तयार छ ।’

सामाजिक उत्तरदायित्व सहितको स्वास्थ्य सेवालाई आफूहरुले जोड दिएको बताउँदै अध्यक्ष ज्ञवालीले कोरोना भाईरससंग लड्ने क्षमता सामान्य नीजि अस्पतालहरुसंग नभएको र सरकारसंग कहाँ कसरी सहकार्य गर्न सकिन्छ, त्यसका लागि आफूहरु तयार रहेको जानकारी गराउनुभयो ।

त्यस्तै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विपन श्रेष्ठले सरकारले जे भनेपनि कोभिड र ननकोभिड बिरामीलाई एउटै अस्पतालमा उपचार सम्भव नभएको बताउनुभयो । उहाँले सम्भावित दुर्घटना हुन नदिनको लागि अस्पतालले पछिल्लो समयमा बिरामी प्रवेशको लागि वान डोर सिस्टम बनाएको पनि जानकारी गराउनुभयो ।

त्यस्तै बिरामीको ईन्ट्री पोईन्ट मै चेकजाँच गर्ने, आसंकितलाई सम्बन्धित अस्पतालमा रिफर गर्ने, बिरामी तथा उनका सहयोगीलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाउने गरेको पनि उहाँले बतउनुभयो। साथै ईमर्जेन्सी अप्रेसन तथा अब्जरवेशनका लागि छुट्टै आईसोलेसन वार्डको व्यवस्था गरिएको र बिरामीको अवस्थाका आधारमा तीन प्रकारका अप्रेसन थियटरको व्यबस्था गरिएको उहाँले जानकारी गराउनुभयो ।

अस्पतालका म्यानेजर रबि गौतमले साथिभाईबाट आवश्यक साथ र सहयोग प्राप्त भएकाले पनि आफूले कोरोनालाई जित्न सफल भएको बताउनुभयो । अस्पतालमा रहेर प्रत्यक्ष रुपमा सेवा दिईरहेका सहयोगी हातलाई कोरोना सन्क्रमण हुदा अस्पतालले दिने सेवामा कमि नहोस भनेर एक आपसमा समन्वय गरी निरन्तर रुपमा अस्पताल सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

अस्पतालका जनरल फिजिसीयन डा. सरोज थापाले कोरोना भाईरसलाई अझैपनि कतिपयले सामान्य रुपमा लिने गरेको बताउँदै कोरोना भाईरस रुघाखोकी जस्तो सामान्य नभएको र यसबाट बँच्नको लागि हरतरहको सतर्कता अपनाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कोरोना जितेर फर्किएकी ओ.टी. ईञ्चार्ज सबिना श्रेष्ठ, जनसम्पर्क अधिकृत जनक केसी लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२