आन्दोलनकारीको चेतनास्तरको मापन

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२ सम्पादकीय
सेयर गर्नुहोस्

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला।

हिजो बुटवलमा आन्दोलनकारीले एक युवतीको स्कूटर जलाईदिए, त्यो पनि सरकारी नम्बर प्लेटको। कथित आन्दोलनमा उत्रिएका ती अराजक जत्थाले युवतीले स्कूटिबाट मोवाईल, पर्स र केहि कागजात निकाल्छु भनि भिडको जत्थासमक्ष गरेको अनुनय पनि उक्त जत्थाले सुन्न सकेन, यौटा सामान्य मानविय संवेदनासमेत देखाऊन सकेन उक्त जत्थाले। हेर्दाहेर्दै ब्याक्तिगत मोवाईल,पर्स र कागजातमात्र होईन, यौटा सरकारी सम्पत्तिमाथी नै आगो लगाएर नष्ट गरिदिए।

मान्छेमा यौटा चेतना हुन्छ। हरेक मान्छेसंग दिमाग हुन्छ। दिमागको माध्यम चेतनाको स्तर मापन हुन्छ। र मान्छेले आफ्नो चेतनाको स्तरअनुसार नै आफ्नो व्यवहार पनि देखाऊने गर्दछ।

हिंजोको बुटवल घटना कुनै पनि चेतनायुक्त मानविय चरित्र भएको ब्याक्तिद्वारा घटाईने घटना होईन। यस्ता घटनाहरु त्यहाँ र त्यस्तो अवस्थामा घट्दछन जहाँ मानवीय चेतनाले मात खाईरहेको हुन्छ, जसको विवेकमा आगो लागीसकेको हुन्छ र मान्छे मान्छेकै रुपमा तर चेतनाशून्य प्राणीको रुपमा जब आफूलाई उंभ्याऊँछ तब यस्ता घटनाहरु घट्न जान्छन। यौटा सभ्य मानिसको लागि यस्ता घटना सदैव वर्जित रहन्छन भने मान्छेको आवरणमा चेतनाशून्य प्राणीहरु भने यस्तै अवसर पर्खिरहेका हुन्छन- देश र समाज खलबल्याऊनकै लागि।

राजनैतिक तुष्टता प्राप्तीकै लागि सडकमा गरिने यस्ताखाले निम्नस्तरका आन्दोलनले आन्दोलनमा उतार्ने र उत्रीने दुबै पक्षको सामाजिक एवं राजनैतिक हैशियत स्पष्ट पार्दछ। यौटा सबल, सक्षम र इमान्दार नेतृत्वले आन्दोलनका अन्य सभ्य र सबल पक्षको बाटो अवलम्वन गर्दछ भने भिडको राजनितिमा रमाऊने नेतृत्व यस्तै अराजक जत्थाको भिडमा नै आफ्नो भविष्य सुरक्षित देख्ने गर्दछ। तर, यस्तो मानशिकता बोकेर राजनिति गरिराखेका नेतृत्व देश र समाजका लागि साह्रै खतरनाक राजनितीज्ञ हुन। देश र समाज असुरक्षित रहने मूख्य कारण नै यस्तै भिडमा राजनीति गर्नेहरुबाट हो।

अर्कोतर्फ आफ्नो नेतृत्वले जुनसुकै अराजक एवं हिंस्रक आन्दोलनको लागि उक्साऊने नागरिक र नेतृत्वकै अन्धभक्ततामा लीन रहने नागरिकको चेतनास्तर माथी नउठ्दासम्म नेपालको राजनितिले सहि दिशा पहिल्याऊन सक्तैन। जवसम्म राजनीतिले सहि दिशा पहिल्याऊन सक्तैन, तवसम्म राजनैतिक आस्थाको आधारमा बिभाजित जनताको सामाजिक चेतनास्तर पनि जिरो लेवलबाट माथी उठ्न सक्तैन। जुनदिन राजनैतिक आस्थामा बिभाजित नभई यौटा स्वतन्त्र नागरिकको हैशियतमा गुण र दोषको आधारमा जनताले आफ्नो राजनैतिल दल र नेता छान्न थाल्दछन, त्योदिन तिनै नागरिकको चेतनास्तरसंगै देशको राजनितिले पनि बल्ल अग्रगामी छलाङ्ग लगाऊनेछ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२