थापाथलीस्थित प्रसूतीगृहमा एकै महिलाद्वारा ५ बच्चाको जन्म

Jagaran Post १९ आश्विन २०७७, सोमबार १९:१५ विशेष
सेयर गर्नुहोस्

काठमाडौँ — थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले एकै पटक पाँच शिशु जन्माएकी छिन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।

गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा. किर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दा मात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्‍यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’ मृत शिशुका कारण अन्य जिवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।

उनका अनुसार मृत शिशुबाट निस्कने खराब रसायन(डीआईसी)ले अन्य शिशुको वृद्धि विकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।

गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर, सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रयिा गरि सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जिवित जन्मिएका तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौललाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए ।
‘एउटै पाठेघरमा पाँचजना बच्चा हुनु फेरी आठ महिनामै जन्मिएका छन्,’ उनले भने, ‘त्यो हिसाबले तौल ठिकै मान्नुपर्छ ।’ आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राप या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।

एकैपटक चार सन्तान प्राप्त हुँदा बुवा हरिकुमार तामाङको अनुहारमा हर्ष र चिन्ता दुवै देखिन्थ्यो । सोमबार दिउँसो अस्पताल पुग्दा उनी श्रीमतीको लागि खाना र औषधिका लागि दौडधुप गरिरहेका थिए । ‘पेटमै एउटा मरेको भनेर सुन्दा नरमाइलो लागेको थियो अहिले चारै जना जिउँदो छन् खुशी छु,’ उनले भने, ‘केही दिन आमा र बच्चा दुबैलाई खतरा छ रे, डर पनि लागेको छ ।’

विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतिले सन्तान जन्माएका हुन् । बिचमा गर्भ रहेपनि दुई पटक खेर गएको उनले सुनाए । अब सन्तान नै हुन्छ भनेर आशा मारिसकेका उनी दिनैभर आफन्तसँग अस्पताल प्रांगणमा खुशी व्यक्त गरिरहेका थिए ।

गर्भ बसेको १२ हप्तामा भिडियो एक्सरे गर्दा चारवटा शिशु छन् भनेर थाहा पाएपछि दम्पति काठमाडौं आएर बसेका थिए । चारवटा शिशु जन्माउन कुन, अस्पताल जाने, कुन चिकित्सक छान्ने भनेर उनी यो बिचमा धेरै आत्तिएको बताए । ‘आफन्तले प्राइभेट अस्पतालमा सुत्केरी गराउँदा लाखौं खर्च हुन्छ भने । कसैले सरकारीमा लापरबाही हुन्छ भनिदिए,’ उनले भने, ‘धेरै अस्पताल धाएरै सोधेँ, विशेषज्ञहरु भरपर्दा हुन्छन् र खर्च पनि धेरै लाग्दैन भनेर प्रसूति गृहमा ल्याएँ ।’

यसअघि नेपालमा महिलाले एकैपटक चारवटा सम्म शिशु जन्माएको सुनिएको थियो । यस्ता अरु कति भयो होला भनेर अध्ययन गर्दा कुनै रिर्पोट नभेटिएको डा. सुवेदीले बताए । ‘धेरै पहिले हाम्रै अस्पतालमा एक महिलाले ५ वटा शिशु जन्माएको भनेर दाबी छ तर, त्यसको कुनै रेकर्ड भेटाएको छैन,’ उनले भने, ‘मेडिकल साइन्सले पनि यस्तो घटना विश्वमै दुर्लभ मानेको छ, आफ्नो चिकित्सा अभ्यासमा यस्तो दुर्लभ खाले अभ्यास गर्न पाउँदा खुशी लागेको छ ।’

उनका अनुसार गर्भमा एकभन्दा बढी शिशु हुनुमा आइभीएफ (कृतिम गर्भाधान) का विधि अपनाउनु प्रमुख कारण हो तर यी दम्पतिले यस्तो कुनै नपनाई गर्भ रहेको दाबी गरेका छन् ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२