आज मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना, को को पर्लान नयाँ मन्त्रीमण्डलमा ?

जागरणपोस्ट २० आश्विन २०७७, मंगलवार १२:४२ राजनीति

काठमाडौं – कोभिड महामारीमा सरकारलाई अर्थतन्त्र जोगाउने ठूलो चुनौती छ । र पनि १ महिनादेखि अर्थमन्त्रीको पद खाली छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बीच अर्थमन्त्रीको सहमति हुन नसक्दा अर्थ मन्त्रालय नेतृत्व विहिन बनेको हो । अर्थमन्त्रीको दौडधूपमा नेकपाभित्र ठूलै वहस र विर्मश भएपनि अझै कसलाई अथ मन्त्री बनाउने टुंगो भने लागिसकेको छैन ।

सम्भवत आज बस्ने नेकपा सचिवालय बैठकले अर्थमन्त्रीको टुंगो लगाउने बुझिएको छ । आज बस्ने सचिवालयको बैठकले रिक्त रहेको मन्त्री पद्को नियुक्ति गर्ने बुझिएको छ । अर्थमन्त्रीका दावेदारमध्ये पछिल्लो समय पार्टी महासचिव विष्णु पौडेललाई अझ बढी बलियो बनाएको छ ।

यो जटिल परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको साँचो बुझाउने व्यक्तिको अग्र पङ्तीमा पूर्व अर्थमन्त्री द्वय विष्णु पौडेल तथा सुरेन्द्र पाण्डेको नाम लिन थालिए पनि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा नेकपाका नेता जनार्दन शर्मालाई पर्नि अर्थमन्त्रीका शक्तिशाली दावेदार पात्रका रुपमा लिँइदै आएको थियो ।

यी पात्रमध्ये पौडेल र ज्ञवाली प्रधानमन्त्रीका अति विश्वासनीय पात्र हुन् । सुरेन्द्र पाण्डे पनि सो पदका लागि उत्तिकै बलिया दावेदार भएपनि उनी माधव कुमार नेपाल निकट भएकाले प्रमको रोजाइमा नपर्ने अड्कल काटिएको छ ।

तर, पछिल्लो समय राजनीतिक समिकरणले अन्य दावेदारलाई पन्छाएर पार्टी महासचिवलाई पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । आज मंगलबार अपराह्न ४ बजे बोलाइएको बैंठकले अर्थमन्त्री सहित अन्यमन्त्री समेत नियुक्त गर्नेछ ।
रिक्त रहेका मन्त्रायललाई पूर्णता गर्ने समझदारी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको सचिवालय स्रोतले बताएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०