जिवनदर्शन सम्बन्धि प्रेरक प्रसंग – सहनशीलताको मूल्य

जागरणपोस्ट २१ आश्विन २०७७, बुधबार ०७:४५ कला साहित्य
सेयर गर्नुहोस्

एक मन्दिरमा स्थापित प्रस्तर मूर्तिमा चढाइएको एक फूलले आक्रोशित हुँदै पुजारीसित भन्यो– पुजारी महोदय, तपाईं जहिल्यै यस प्रस्तर मूर्तिमा मलाई चढाएर यसको पूजा गर्नुहुन्छ । यस्तो पारा मलाई कत्ति पनि मन पर्दैन । पूजा नै गर्ने हो भने त मेरो पो हुनुपर्ने हो त ! किनकि, म कोमल, सुन्दर र सुवासित छु । तपाईं जसको पूजा गरिरहनुभएको छ, त्यो त मात्र एउटा पत्थर हो, पत्थर !

फूलको आक्रोशयुक्त गुनासो सुनिसकेपछि पुजारीले मन्द मुस्कानसाथ भने– हे सुन्दर फूल ! हो, तिमीले भनेजस्तै तिमी सुन्दर छौ । कोमल छौ । सुवासित छौ । तर, तिमीलाई ईश्वरले नै यस्तो बनाएका हुन् । यी सब गुण तिमीले सहजतासाथ प्राप्त गरेका हौ । यसका लागि तिमीले कुनै श्रम गर्नुपरेन । कठोर प्रहार सहनुपरेन । किनकि, देवत्व प्राप्त गर्न निकै कठिन छ । यो देव प्रतिमा निकै कठिनतापूर्वक निर्माण गरिएको हुन्छ ।

एक कठोर पत्थरले देव प्रतिमा बन्न हजारौँ प्रहार सहनुपर्छ । चोट लाग्दैमा कमजोर भई फुटेको भए यो कहिल्यै देव प्रतिमा बनेर यसरी मन्दिरको शोभा बन्न सक्ने थिएन । कुनै कडा पत्थर मूर्तिकारको घन र छिनोको प्रहार सहँदासहँदा जब सुन्दर प्रतिमामा परिणत हुन्छ, तब मात्र उसले मन्दिरमा प्रवेश पाउँछ । मानिसहरू उसको पूजा, अर्चना गर्छन् । पत्थरको यही सहनशीलताले नै उसलाई देव प्रतिमाका रूपमा पूजनीय तथा वन्दनीय बनाएको हुन्छ । पुजारीको कुरा सुनेपछि फूल मुसुक्क मुस्कुरायो । कठिन परीक्षा सफलतापूर्वक पार गर्न सक्नेले मात्र देवत्व प्राप्त गर्न सक्दो रहेछ भन्ने उसले बुझ्यो।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२