जाजरकोटमा जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

Jagaran Post २१ आश्विन २०७७, बुधबार १८:४१ सुदुरपश्चिम प्रदेश
सेयर गर्नुहोस्

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको हो ।

जाजरकोट प्रहरीका अनुसार ज्यान गुमाउनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् ।

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

एक जना भने मजकोट खोलामा बेपत्ता भएको अनुमान गरिएको छ, उनको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा ल्याइँदैछ । औल खोला भीरबाट खसेको गाडी झण्डै तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो । अहिले गाडी खोलामै छ ।

वडाध्यक्ष शाहीको शव निकालिसकिएको छ भने अन्यको शव पानीभित्रै खोलामा रहेको र निकाल्न पहल भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो ।

गाडी चालक गोरख बस्नेत भने फरार छन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि झण्डै २० कोस पश्चिममा पर्छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२