आईपीएल : हैदरावादले पन्जाबलाई ६९ रनले पराजित गर्यो

जागरणपोस्ट २३ आश्विन २०७७, शुक्रबार ०९:१७ खेलकुद
सेयर गर्नुहोस्

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गरेको हो ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको २०२ रनको लक्ष्य पछ्याएको पन्जाबले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो ।

पन्जाबका लागि निकोलस पुरनले अर्धशतकीय पारी खेले ३७ बल खेलेका उनले ५ चौका र ७ छक्काको सहयोगमा ७७ रन बनाउन सफल भए । त्यस्तै केएल राहुल र प्रवेशसिमरान सिँहले समान ११ रन बनाए । पन्जाबका लागि त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजन र खालेल अहमेदले समान दुई–दुई विकेट लिँदा अविशेक शर्माले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । हैदरावादका लागि जोनी बेयरस्टो र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका बेयरस्टोले ७ चौका र ६ छक्काको सहयोगमा ९७ रन बनाउन सके ।

त्यस्तै ४० बल खेलेका वार्नरले ५ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाउँन सफल भए । हैदरावादका लागि केन विलियन्सनले २० रन बनाउँदा अविशेक शर्माले १२ रन बनाउँन सफल भए ।

बलिङतर्फ पन्जाबका लागि रवी विश्नोइले सार्वाधिक तीन विकेट लिए । त्यस्तै आर्शदिप सिंहले दुई विकेट लिँदा मोहमद स्विामीले एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै हैदरावादले शीर्ष तीनमा आफूलाई स्थापित गरेको छ । ६ खेल खेलेको हैदरावादले ६ अंक सहित आफूलाई शीर्ष तीनमा उकासेको छ । पराजित पन्जाब ६ खेलबाट २ अंक सहित तालिकाको पुछारमा छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२