पोखरा घुम्नका लागि यस्ता छन सस्ता र आकर्षक प्याकेज (तस्विरसहित)

जागरणपोस्ट २३ आश्विन २०७७, शुक्रबार १५:२९ अर्थ बजार
सेयर गर्नुहोस्

तारा चापागाईं

पोखरा – कोभिड–१९ को कारणले थलिएको पर्यटनलाई चलायमान बनाउन नाट्टा गण्डकीले कात्तिक १ देखि लागू हुने भ्रमण प्याकेज ल्याएको छ ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा आसपासका गन्तव्य घुम्न चाहनेहरुका लागी सो प्याकेज ल्याएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनु भयो । कात्तिक १ देखि पर्यटकिय गाँउ धार्मिक तथा विभीन्न मठमन्दिर खुल्ने भएकोले सहुलियत दरमा पर्यटकलाइ आर्कषण गर्न प्याकेजको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले लकडाउनका कारण घर बाहिर निस्कन नपाएकाहरु थुनिएको महशुस गर्नेहरु पुन निर्मल लाइफमा फर्काउन प्याकेज ल्याएको बताउनु भयो । पोखरा आसपासका गन्तव्य कोरोनाबाट सुरक्षित छन् भन्ने सन्देश दिनु पनि यसको उदेश्य हो ।

“पर्यटनलाइ चलायमान बनाउन आन्तरिक पर्यटकका लागी प्याकेज ल्याएको हौ, प्याकेजमा मुल्य भने होटलको स्तर, ठाँउ अनुसार फरक–फरक निर्धारण हुनेछ । सवारीसाधनमा होटल लगायत सबै ठाँउमा पर्यटन बोर्डले लागू गरेको स्वास्थ्य मापदण्ड अपनाउने छौँ – सिग्देलले भन्नुभयो ।

यस्ता छन् प्याकेज

मुक्तिनाथ, अष्ट्रेलियन क्याम्प, घान्द्रुक ,पोखरा गरि ५ वटा प्याकेज रहेका छन् । नाट्टा गण्डकीका कोषाध्यक्ष राजेश पहारीले हरेक गन्तव्यका लागी विशेष छुटको व्यस्था गरिएको जानकारी दिनुभयो । “सरकारले होटल संचालन गर्ने भनिरहदा पर्यटकिय स्थलहरु नखोल्दा पर्यटक कहाँ घुम्ने, कात्तिक १ देखि पर्यटकिय स्थल खुल्ने भनेपछि हामीले सो व्यवस्था गरेका हौ, कोभिड बढिरहदा सोचे जस्तो नहोला, तर पनि सुरक्षाका मापदण्ड अपनाएर हामी प्रयासमा छौ, । उहाँले भन्नुभयो ।
कोषाध्यक्ष पहारीका अनुसार दुई रात तीन दिनको पोखरा घुम्ने प्याकेज प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँबाट सुरु हुनेछ, प्याकेजभित्र पर्यटकले फेवाताल , विश्व शान्ति स्तुप, सराङकोट, गुप्तेश्वर गुफा, डेभिज फल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, विन्ध्यवासिनी मन्दिर, चमेरे गुफा, महेन्द्र गुफा र घुम्न पाउनेछन् ।

पोखरा–घान्द्रुक प्याकेजमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुक बस्ने प्याकेजमा सबैभन्दा सस्तो प्रतिव्यक्ति ८ हजार १ सय ५० रुपैयाबाट शुरु रहेको छ ।

तीन रात चार दिनकै पोखरा–अस्ट्रेलियन क्याम्प प्याकेजमा पर्यटकले पोखरासहित अर्को पर्यटकीय गाउँ धम्पुस,घम्पुसमाथिको अस्ट्रेलियन क्याम्पमा एक रात बिताएर नजिकबाट अन्नपूर्ण हिमशृंखला अवलोकन गर्नेछन् जसका लागी ७ हजार १ सय ५० बाट शुरु हुनेछ ।
चार रात पाँच दिनको अर्को मुस्ताङ आकर्षक भ्रमण प्याकेज हो । पहिलो दिन पोखरा घुमेर दोस्रो दिन पर्यटक मुक्तिनाथ बास बस्न पुग्नेछन तेस्रो दिन मुक्तिनाथ, ढुम्बा ताल, जोमसोम, मार्फा घुम्दै म्याग्दीको तातोपानी बास बस्न फर्किनेछन । चौथो दिन बागलुङ घुमेर पोखरा फर्किनेछन । प्रतिव्यक्ति १२ हजार ८ सय रुपैया बाट शुरुहुने तोकेको छ ।
पाँच रात ६ दिनको माथिल्लो मुस्ताङ प्याकेजमा पर्यटक लोमान्थाङ पुग्नेछन । नेपाल–चीन सिमाना कोरला नाका, ऐतिहासिक छोसेर गुफा र मुस्ताङका अन्य पर्यटकीय स्थल पर्यटकले घुम्न पाउनेछन । यस प्याकेजमा एक जनाले २५ हजार ५ सय रुपैयाबाट शुरु हुने बताउनु भयो । हरेक प्याकेजमा होटलको स्तर, पर्यटकको संख्या मुल्यमा फरक मूल्य छ ।
नाट्टा गण्डकीले पर्यटकीय यिनै प्याकेज सवारीसाधन ३५ प्रतिशत शुल्कमा छुट प्रदान गरेको छ । यी प्याकेज पर्यटकले नजिकको ट्राभल एजेन्सीबाट लिन सक्ने कोषाध्यक्ष पहारीले बताउनु भयो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२