बैतडीमा जीप दुर्घटना हुँदा १४ जना घाईते

Jagaran Post २३ आश्विन २०७७, शुक्रबार १६:२० सुदुरपश्चिम प्रदेश
सेयर गर्नुहोस्

बैतडी – बैतडीमा आज जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउ तर्फ जाँदै गरेको से १ ज ८ नम्बरको जिप दुर्घटना हुँदा १० जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ४ का ४५ बर्षीय बलबीर सार्की, २८ बर्षीय प्रेम सार्की, ६२ बर्षीय बहादुरराम सार्की, २६ बर्षीय अर्जुन सार्की रहेका छन् । यस्तै सोही ठाउँका २६ बर्षीय अर्जुन सार्की, ६६ बर्षीय रामीराम सार्की, २८ बर्षीय राजेन्द्र सार्की, २७ बर्षीय राइजनराम सार्की, ३१ बर्षीय सुरेशराम सार्की र २८ बर्षीय सुरेश सार्की पनि घाइते भएका छन् ।

पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि, नगरपालिका सिल
घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन भने दुर्घटना बिहान १० बजेतिर भएको हो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२