आईपीएल : राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

Jagaran Post २४ आश्विन २०७७, शनिबार ०६:४२ खेलकुद
सेयर गर्नुहोस्

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए।

अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै कप्तान श्रेयस ऐयर पनि २२ रनमा आउट हुँदा दिल्लीको स्कोर ५० रन थियो । त्यसपछि ७९ रन हुँदा दिल्लीले चौथो विकेट गुमायो । रिसव पन्त मात्र पाँच रनमा पेभेलियन फर्किए । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए भने सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

दिल्लीको स्कोर एक सय नौ रन हुँदा पाँचौ विकेट गएको थियो भने एक सय ४९ रनमा छैठाै‌ँ र एक सय ८१ रनमा सातौं विकेट झरेको थियो । उसका लागि अक्सर पटेलले १७ रन बनाए भने हर्षल पटेलले १६ रनको योगदान गरे।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । जवाफमा राजस्थान १९ ओभर ४ बलमा एक सय ३८ रनमा अलआउट भयो । खराब सुरुवात गरेको राजस्थानले १५ रनमा पहिलो विकेट गुमायो भने एक सय रन बनाउँदा सात विकेट खेर फालेको थियो ।

राजस्थानका लागि जोस बट्लरले १३ रन बनाए भने स्टिभ स्मिथले २४ रनको योगदान गरे । यस्तै यसस्वी जैसवालले ३४ रनको योगदान गरे । राजस्थानका सञ्जु सामसन पाँच रनमा आउट भए भने महिपाल लोमोरले एक रन मात्र बनाए । एन्र्डु तेई मात्र ६ रनमा आउट भए भने जोफ्रा आर्चर दुई रनमा पेभेलियन फर्किए ।

राजस्थानका लागि राउल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । जारी लिगमा दिल्लीले ६ खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच खेलमा जित निकालेको छ । राजस्थानको भने ६ खेलमा चौथो हार हो । उसको मात्र चार अंक रहेको छ । उसले अहिलेसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२