साईकल सिटि बुटवलद्वारा नबिन औद्योगिक माविलाई आर्थिक सहयोग

जागरणपोस्ट २४ आश्विन २०७७, शनिबार १६:२८ अर्थ बजार
सेयर गर्नुहोस्

बुटवल । साईकल सिटि बुटवलले नबिन औद्योगिक माविलाई आर्थिक सहयोग गरेको छ । आज प्रथम साधारण सभा तथा अधिवसनमा सिटिका अध्यक्ष धिरन तुलाधरले विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतलाई नगद ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गर्नुभउको हो ।

कार्यक्रमको उदघाटन गर्दै बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलाडी उत्पादनका लागि विद्यालयस्तरमै लाग्न जरुरी रहेपनि यसतर्फ आझै पनि सचेतना जगाउन जरुरी रहेको बताउनुभयो । नगरमा रहेका खेलकुद सम्वद्ध संस्थाहरलाई खेलकुद गतिविधि र विकास गर्न थोरै भएपनि आर्थिक सहयोग गर्ने प्रयास शुरुवात गरेको उहाँको भनाई थियो ।

रुपन्देही जिल्ला साईकल संघका अध्यक्ष पुकार थापाले साईक्लिङ खेलकुदको एक भाग भएको भन्दै अन्तराष्ट्रिय क्षेत्रमा यसको महत्व भएपनि नेपालमा भने भर्खर क्रेज बढिरहेको बताउनुभयो । साइकलमैत्री पुर्वाधार बनाउन संस्थागत रुपमा आफुहरुले रुपन्देही ५ वटा स्थानिय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।

साईकल सिटि भैरहवाका सुर्य सारु मगरले नगर क्षेत्रमा साईकल लेनको अवधारणा बारे मुद्दा उठाउन जरुरी रहेको बताउनुभयो । साथै रुपन्देहीलाई साईकलको शहर बनाउने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नवीन औधोगिक माविका प्राचार्य प्रेम बस्नेतले प्रदेश कै नमुना विद्यालय बनाउन पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताउनुभयो । कार्यक्रममा साईकल मर्मत क्षेत्रमा लागेका दुई जना प्राविधिकहरु अमित गुप्ता र पुरन रानालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२