आईपीएल : बेङ्ग्लोरको चौथो जित, चेन्नई ३७ रनले पराजित

जागरणपोस्ट २५ आश्विन २०७७, आईतवार ०७:१५ खेलकुद
सेयर गर्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। बेंग्लोरको यो चौथो जित हो भने चेन्नईको पाचौं हार हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो ।चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो। बेंगलोरका कप्तान विराट कोहली सर्वाधिक ९० रनमा अविजित रहे। चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिए।

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानमा रहेको चेन्नईको ४ अंक छ । शनिवार नै सम्पन्न पहिलो खेलमा किंग्स इलेभन पन्जाबलाई कोलकत्ता नाइटराइडर्सले २ रनले हराएको थियो।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२