एक छाक भात खान ६ महिनादेखि खुलामञ्च

जागरणपोस्ट २५ आश्विन २०७७, आईतवार ०८:०९ पत्रपत्रिकाबाट
सेयर गर्नुहोस्

काठमाडौं : शनिबारको दिन, बिहानको सवा नौ बजे, खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।

एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् ।

यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।

त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी १५ चैतदेखि नै खाना खान खुला मञ्च आइरहेकी छिन् । पम्फाको सहारा तीन र नौ वर्षकी दुई छोरी हुन् । श्रीमान्ले छाडेको धेरै भयो । सानी छोरीको मुटुमा प्वाल छ । किलागलमा भाडाको कोठा छ । त्यहीबाट हरेक महिना छोरीको उपचारमा गंगालाल धाउने उनी भात खान भने खुला मञ्च आउँछिन् ।

‘श्रीमान्ले छाडेको धेरै भयो, सहाराका लागि दुई छोरी छन् । एउटीको मुटुमा प्वाल छ, कोरोनाले पेट पाल्नै नसक्ने अवस्था भयो, महामारी सुरु भएदेखि नै खाना खान खुलामञ्च आउने गरेकी छु,’ थापाले भनिन् ।

खुलामञ्चमा गत चैतबाटै खान खान आउने गरेका अर्का व्यक्ति हुन्, धनबहादुर कार्की । उनी वीर अस्पतालको गेट आसपासमा सधैं र सबैले देखेका अनुहार हुन् । उनी हरेक दिन खाना खान त्यहाँ पुग्छन् ।

‘कोरोनाले गर्दा सडकमा भोकभोकै हुनुपर्ने अवस्था आयो, चैतदेखि नै खाना खान यहाँ धाइरहेको छु, भोको पेट भर्न खुलामञ्च सहारा भएको छ,’ उनले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२