कोरोनाले रोजगारी गुमाएर फर्किएकालाई कृषिमा आबद्ध गराउने लुम्विनी प्रदेशको योजना

Jagaran Post २५ आश्विन २०७७, आईतवार १७:०६ प्रदेश ५
सेयर गर्नुहोस्

अर्घाखाँची : लुम्विनी प्रदेशका भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकाहरुलाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रमहरु अगाडी बढाएको बताउनु भएको छ ।

उहाँले कोरोनाका कराण रोजगारी गुमाएर फर्किएका युवालाई लक्षित गरेर कृषि कार्यक्रमहरु सञ्चालन गरेको बताउदै कषि पेशामा श्रम गर्ने मजदुरको विमा, सञ्चयकोष कट्टी लगायतका योजनाहरु सञ्चालन गरेर कुषि पेशामा युवाहरुलाई आकर्षित गरी उत्पादन बृद्धि गर्ने कार्यक्रमहरु लुम्विनी प्रदेश सरकारले सञ्चालन गरेका जानकारी दिनु भयो ।
कषिमा आबद्ध हुन चाहने युवा तथा कृषकहरुलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको ब्यबस्था तथा बजारीकरणको समेत ब्यबस्थाको लागि कार्यक्रमहरु सञ्चालन भएको बताउनु भयो ।

सन्धिखर्कमा पत्रकारहरु संग कुराकानी गर्दै कृषि मन्त्री पौडेलले बैंकहरुले कृषक नभेटाउने र कृषकले बैंक नभेटाउने परिपाटीको अन्त्य गर्न सुलभ दरको कर्जा गर्न चाहने कृषकलाई उपलब्ध गराउन प्रदेस सरकार लागी परेको उहाँको भनाई छ ।
लुम्बिनी प्रदेशलाई चिया, छुर्पी र महमा नमुना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न थालेको बताउदै अर्घाखाँचीलाई बाख्रा उत्पादनको जिल्ला बनाउन कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उत्पादनमा बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरी युवाहरुलाई कृषि पेशामा स्वरोजगार बनाउने कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो ।

उहाँले उत्पादन गर्ने कृषकले सस्तोमा बेच्नु पर्ने तर उपभोक्ताले महंगोमा किन्नु पर्ने अबस्थाले बिचौलियाहरुलाई फाइदा पुगेको बताउदै उत्पादन गरेका बस्तुको मुल्य निर्धारण गर्न आफु मातहतका कार्यलयलाइृ निर्देशन दिने बताउनु भयो ।

एक पालिका एक स्मार्ट गाउँ कार्यक्रम, कृषि पेशालाई यान्त्रिकरणका लागि मेसिनरी औजार तथा कृषकहरुको मागका आधारमा कार्यक्रम सञ्चालन गरेर आर्थिक बृद्धि हुने गरी कार्यक्रम सञ्चालन भएको उहाँको भनाई छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२