कर्णालीको राजनैतिक संकट समाधान गर्न ओली प्रचण्डबिच बैठक शुरु

जागरणपोस्ट २६ आश्विन २०७७, सोमबार १०:४९ राजनीति
सेयर गर्नुहोस्

काठमाण्डौ– कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र संघीय सरकारमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमै छलफल गर्ने तय भएको थियो।

शनिबार आफ्नै पार्टीका सांसदले अचानक कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सो विषय थपिएको हो।

‘आज सोमबार रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने लगभग पक्का थियो,’ स्रोतले भन्यो, ‘कर्णाली प्रदेशमा पार्टीभित्रै समस्या देखिएको हुँदा त्यसबारे समाधान निकाल्ने कोशिस हुन्छ होला।’

कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये बहुमत १८ जनाले पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्व आइतबार नेकपा संसदीय दलमा अविश्वास प्रस्ताब दर्ता गराएका छन्।

ओली प्रचण्डवीच बिहान ९:४० देखि छलफल भइरहको बालुवाटार स्रोतले जनायो।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२