आइपीएलः बैंगलोरको पाँचौ जित, कोलकत्ता ८२ रनले पराजित

Jagaran Post २७ आश्विन २०७७, मंगलवार ०७:५० खेलकुद
सेयर गर्नुहोस्

एजेन्सी : जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि शानदार जित निकालेकाे छ ।

गएराति भएकाे खेलमा बैंगलोरले कोलकातामाथि ८२ रनको उत्कृष्ट जित निकालेको हाे । जारी सिजनमा याे बैंगलोरकाे पाँचै जित हाे । जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

जितका लागि १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनाउन सक्यो। कोलकाताका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। कोलकाताले निरन्तर विकेट गुमाइरह्यो।

त्यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बैंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १९४ रन बनाएको थियो।

बैंगलोरले अब बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ। कोलकाताले भने शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्नेछ।

मुम्बई, दिल्ली र बैंगलोरको समान १० अंक छ। नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छन्। कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हारसहित चौथो स्थानमा पुगेको छ।

सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौं स्थानमा छ। राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जितसहित छैटौं स्थानमा छ।

चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जितसहित सातौं स्थानमा छ। किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा छ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२