दसैंमा दुर्गा पूजा गर्न पाउनुपर्ने माग गर्दै मुद्दा दायर

Jagaran Post २८ आश्विन २०७७, बुधबार १४:३३ समाज
सेयर गर्नुहोस्

कपिलवस्तु : दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनुपर्ने माग गर्दै यहाँ मुद्दा दायर भएको छ । अधिवक्ता राहुल गुप्ताले कपिलवस्तु नगरपालिका–१ स्थित प्रशासन कार्यालय र प्रजिअ दीर्घनारायण पौडेलविरुद्ध सोमबार उच्च अदालत बुटवल इजलासमा रिट दायर गर्नु भएको हो ।

प्रशासनले दूर्गा पूजामा लगाएको रोक खारेज गरी मूर्ति पूजा गर्न पाउनुपर्ने माग गर्दै उत्प्रेषण, परमादेश र निषेधाज्ञासहितको रिट दायर गरेको गुप्ताले बताउनुभयो । दुर्गा पूजामा कुनै बाधा व्यवधान नगर्न मुद्दा दायर गरेको उहाँको भनाइ छ । संक्रमण फैलिन नदिन भनेरै सबैको हितका लागि सतर्कता अपनाउन दुर्गा पूजामा रोक लगाइएको प्रजिअ पौडेलले बताउनुभयो ।

कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले यस वर्ष दसैंमा दुर्गा मूर्ति बनाउन, सार्वजनिक रुपमा प्रदर्शन गर्न, पूजाआजा र बिसर्जन गर्न रोक लगाउँदै शुक्रबार सूचना प्रकाशित गरेको थियो । प्रशासनले सर्वपक्षीय बैठक गरेर सतर्कता अपनाउन आवश्यक रहेको भन्दै मूर्ति पूजाआजामा रोक लगाएको हो ।

दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२