नेकपा उपाध्यक्ष वामदेव गौतम विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

जागरणपोस्ट २८ आश्विन २०७७, बुधबार १४:३७ राजनीति
सेयर गर्नुहोस्

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतम विरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज पनि न्यायाधीशहरुको गणपूरक संख्या पुगेकाले मुद्दा सुनुवाइ स्थगित स्थगित भएको हो । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेपछि उनीविरुद्ध मुद्दा परेको थियो । उहाँलाई सर्वोच्च अदालतले मुद्कोदा किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाएको छ ।

न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्दा पटकपटक सर्दै आइरहेको छ। आजको पनि स्थगित भएपछि उपाध्यक्ष गौतमविरुद्धको मुद्दा दशैँघि किनारा लाग्ने सम्भावना नरहेको बुझिएको छ । आजको पनि गौतम विरुद्धको मुद्दा अघि नबढेपछि दशैँअघि गौतम विरुद्धको मुद्दा सुनुवाइ हुने सम्भावना टुंगिएको हो ।

अब शनिबार घटस्थापनापछि देशभरका न्यायालयमा बन्द हुनेछन् । प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नु भएको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो। गौतमले राष्ट्रियसभा सदस्यको शपथ भने लिइसक्नु भएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२