पोखरामा भेंडा च्याङ्गग्राको मूल्य बढ्यो

Jagaran Post २८ आश्विन २०७७, बुधबार २१:३८ गण्डकी प्रदेश
सेयर गर्नुहोस्

तारा चापागाईं

पोखरा – नजिकिदै गरेको दशैंलाई लक्षित गदै पोखरामा मुस्ताङबाट भेडा च्याङग्रा आउने क्रम सुरु भएको छ । दशैंका लागि प्रत्येक बर्ष मुस्ताङ सगै देशका अन्य भागबाट भेडा च्याङग्रा ल्याउने गरिएको छ ।
बुधबारसम्म पोखरामा चार हुलमा गरि १ हजारको हाराहारीमा भेडा च्याङग्रा भित्रिएको छ । विशेष गरी पोखरामा मुस्ताङ, डोल्पा, चिन र तिब्बत लगायतका क्षेत्रमा भेडा च्याङग्रा भित्रिने गरेपनि कोरोनाका कारण नाका बन्द भएकाले चिन र तिब्बतवाट आउने भेडा च्याङग्रा आउन नपाउदा यस वर्ष मुस्ताङ र डोल्पावाट मात्र आएका छन् ।
आएका भेडा च्याङग्रा बिक्रीका लागि पोखरा २५ हेम्जामा पर्ने पोखरा बाग्लुङ राजमार्ग अन्र्तगत सडकका दाँया वाँया किनारमा राखिएका छन् । व्यापारीहरुका अनुसार गत वर्ष नेपालका विभिन्न स्थानवाट गरि पोखरामा करिव ३५ हजारको हाराहारीमा भेडा च्याङग्रा आएको भएपनि यस वर्ष नेपालका विभिन्न स्थानवाट गरि बढीमा १५ हजारको संख्यामा मात्र आउने बताएका छन् ।
नाका बन्द सगै चिन र तिब्बतवाट भेडा च्याङग्रा ल्याउन नपाउदा गत वर्षको तुलनामा एउटैको मुल्य समेत करिव १० हजारले बढी पर्ने व्यापारीहरु वताउछन् । चिन र तिब्बतवाट नआउने भएपछि मुस्ताङमै व्यापारीहरुले मुल्य बढी लिएकाले गत वर्षको तुलनामा मुल्य बढी परेको व्यापारि प्रकास कुवँरको भनाई छ ।
पोखरा १५ घर भएका कुवँरले १७८ वटा च्याङग्रा ल्याउनुभएको छ । मुस्ताङमै प्रति च्याङग्रा २८ हजारमा खरिद गरेको र पोखरा ल्याउदा प्रति गोटा २ हजार खर्च भएको कुवँर वताउनुहुन्छ । पोखरामा प्रति गोटा ३३ देखी ३५ हजारमा विक्री गरेको उहाँको भनाई छ । २७ लाख लगानी गरेको उहाँले १० लाख कमाउनेसोच रहेको बताउनु भयो ।
गत वर्ष २० हजारको हाराहारीमा पर्नेलाई हाल २८ देखी ३० हजार मुस्ताङमै तिर्नु परेको अर्का व्यापारी रमेश श्रेष्ठ बताउनुहुन्छ । ३५ देखी ३७ हजारमा च्याङग्रा विक्री गरेको श्रेष्ठको भनाई छ । कोरोनाका कारण चिन र तिब्बतवाट आएन अनि मुस्ताङमै व्यपारीहरुले मुल्य बढाए, जसका कारण यो वर्ष एउटैको करिव १० हजार मह्गो पर्न गएको उहाको भनाई छ । २ सय ३९ च्याङग्रामा उहाँले ६४लाख लगानी गरेको जानकारी दिनु भयो ।
च्याङग्रा किन्न पुगेका पोखराको बगरका दौलत सिहं यो एउटा अस्वभाविक मूल्य बृद्धि भएको बताउनु हुन्छ, हरेक वर्ष किन्दै आएको छु यो वर्ष १० हजारले मुल्य बढेको छ, एउटा च्याङग्रा खान गाँउको घडेरी बेच्नुपर्ने जस्तो मूल्य भो, आर्थिक मन्दी भइरहेको बेला दशै मनाउन नसकिने उहाँको गुनासो छ ।
विगतमा जस्तो स्थानिय बाटोमा पर्ने स्थानिय तहरुले कर भने नलिएको व्यापारीहरुको भनाई छ । हाल पोखराका फ्रेस हाउसहरुले १६ सय प्रतिकिलोमा च्याङग्राको मासु बिक्री वितरण गदै आएका छन् ।
विशेष गरीे पोखरामा फुलपातीको दिनमा च्याङग्रा बढी विक्री हुने गरेको छ । पोखराको पुरानो टुडिखेलमा च्याङग्राहरु बिक्रिका लागि राखिने र त्यहाँ ठुलो मेला समेत लाग्ने गरेकोमा यस पटक कोरोनाका कारण केही कार्यक्रमहरु भने नहुने भएको छ ।
व्यापारीहरुले भेडा च्याङग्रा आफनै तरिकाले बेच्ने भएका छन् । पोखरा आएका भेडा च्याङग्रा विभिन्न माध्यम मार्फत काठमाण्डौ देखी देशका अन्य भागहरुमा पुग्ने गरेका छन् । च्याङग्रा किन्न छिमेकि जिल्लाहरुबाट समेत मानिसहरु पोखरा आउने गरेकोमा कोरोनाका कारण यस वर्ष अघिल्लो वर्षको जस्तो मानिसहरुको चहल पहल नहुने अनुमान गरिएको छ ।
व्यापारीकहरुका अनुसार कात्तिकको सुरुमा मुस्ताङबाट सबै च्याङग्रा पोखरा आइपुग्ने छ । केही व्यवसायीले तिहारसम्म पनि च्याङग्रा ल्याउने गरेका छन् । व्यवसायीहरुका अनुसार मुस्ताङबाट पोखरासम्म भेडा च्याङग्रा ल्याउन करिब १० दिन लाग्ने गदर्छ ।

च्याङग्रा
तस्विरहरु – तारा चापागाईं/ जागरणपोस्ट

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२