नारायणकाजीलाई बाबुरामको जवाफ- जस्केलाबाट छिर्नेले सत्ताको तुजुक नदेखाऔं

जागरणपोस्ट २९ आश्विन २०७७, बिहीबार ०५:३९ राजनीति
सेयर गर्नुहोस्

काठमाण्डौ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टिका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्युत परियोजनामा भएको अनियमितताको बारेमा नागरिकस्तरबाटै छानविनको माग गरेका छन। केहिदिन पहिला गोरखामा आयोजना गरिएको एक कार्यक्रममा बोल्नेक्रममा डा.भट्टराईले बुढिगण्डकी परियोजनामा ९ अर्बभन्दा बढि भ्रष्टाचार भएको र उक्त भ्रष्टाचार काण्डमा नेपालका शिर्ष नेताकोसमेत संलग्नता रहेको हुनाले नागरिकस्तरबाटै छानविनको लागि माग गरेका हुन।

भट्टराईको यसप्रकारको आरोपको नेपाली कांग्रेसले खण्डन गरिसकेको छ भने नेकापाका तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमाणित गरेर देखाउन डा.भट्टराईलाई चुनौती दिएका हुन्। हिजो एक विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता श्रेष्ठले डा.भट्टराईले लगाएको आरोप हौवा प्रवृत्तिको भएको भन्दै त्यस्ता निराधारपूर्ण आरोपको पछि नलाग्न पनि आग्रह गरेका छन्। प्रवक्ता श्रेष्ठको विज्ञप्तिको जबाफस्वरुप डा. भट्टराईले श्रेष्ठलाई जस्केलाबाट छिर्नेले सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका हुन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा लेख्दै डा. भट्टराईले भनेका छन् – बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!

नेकपा
नेकपा

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२