नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशै तिहार पछि बस्ने

Jagaran Post २९ आश्विन २०७७, बिहीबार १४:२८ राजनीति
सेयर गर्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशै तिहार पछि बस्ने भएको छ । यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशै तिहार पछि मात्रै बस्ने भएको हो । कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशै अघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उहाँले बताउनुभयो । दशै र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताउनुभयो ।

विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो ।

प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयो । फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उहाँले बताउनुभयो ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२