पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै

Jagaran Post २९ आश्विन २०७७, बिहीबार १४:४६ corona-update
सेयर गर्नुहोस्

परासी : पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो ।

तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा बढी सर्वसाधारणको भिड हुने गरेको दलदलेका एकदेब पौडेलले बताउनुभयो । हाटबजारमा सर्वसाधारणहरु ठेलमठेल गरेर किनमेल गर्ने गरेका र त्यहाँ पुग्ने अधिकांश सर्वसाधारण मात्र नभई व्यवसायीहरुले समेत सामान्य मास्क पनि प्रयोग नगरेको पौडेल बताउनुहुन्छ ।

मानिसमा रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्न्ो चिन्ताले सताउँन थालेको छ । गत चैत्र ११ देखिको बन्दाबन्दीले गर्दा लामो समयसम्म व्यापार व्यवसाय ठप्प भएको र अहिलेसम्म जिल्लामा दश अर्ब बढिको नोक्सानी ब्यहोर्नु परेको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष अमृत भटट्चनले बताउनुभयो ।

दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारमा समस्यामा भएको छ त्यसैले पनि तरकारी, खाद्यन्न र लत्ताकपडाको बिक्रीका लागि अहिले हाटबजारमा आउने गरेको देवचुलीका एकनारायण शर्माले बताउँनुभयो ।

आम्दानीको मुख्य स्रोत हाटबजारमा व्यवसाय गर्नु हो यो पनि नगर्दा विहान वेलुकाको छाक टार्न सकिदैन् यसर्थ कोरोनाको जोखिम बढे पनि हामि बजार आउन बाध्य छौ अर्का तरकारी व्यापारी सुनिता महर्जनले बताउनुभयो ।

नेपालीहरुको महान चाड बडादशै नजिकिदै गएको समयमा हाटबजार देखि विभिन्न व्यापार व्यवसाय गर्नेको भिड बढेको छ भने मानिसहरुको चहलपहल पनि बढ्दो रहेको ब्यापारी असिफ तेली साहा बताउनुभयो ।

पूर्बी नवलपरासीमा हाल सम्म एक हजार दुई सय कोरोनाबाट संक्रमित भएका छन् भने झयडै ४५० सकृय संक्रमित रहेका र नौ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२