आइपीएल : आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा हुँदै

Jagaran Post २९ आश्विन २०७७, बिहीबार १७:२७ खेलकुद
सेयर गर्नुहोस्

एजेन्सी : यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरू हुने खेलमा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन । यस सिजन खराब प्रदर्शन गरिरहेको पन्जाब भने दोस्रो जित हात पार्न चाहन्छ ।

७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन ।

पन्जाबले पहिलो भेटमा बैंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाब उक्त जितलाई पुनस् दोहोर्‍याउन चाहन्छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२