नेपाल-भारतबीच हवाई उडान तत्काल पुनः सुरू नहुने

Jagaran Post ३० आश्विन २०७७, शुक्रबार ०९:४९ अर्थ बजार
सेयर गर्नुहोस्

काठमाण्डौँ : कोरोना भाइरसको महामारीका सृजित लकडाउन परिस्थितिपछि अवरुद्ध भएको नेपाल(भारतबीच हवाई उडान तत्काल पुनः सुरू नहुने देखिएको छ । नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको र भारतमा पनि संक्रमण फैलिरहेकै अवस्था छ । यस अवस्थामा दशैँअघि दुवै देशबीच हवाइ उडान सुरु हुने सम्भावना देखिँदैन ।

भारतले दुई देशका विमानमा तत्कालका लागि दुवै देशका र अन्य कूटनीतिक नियोगका कर्मचारी मात्रै बोक्न पाउने गरी उडान सुरु गर्न नेपाललाई प्रस्ताव पठाएको थियो । सीमित उडान र यात्रु बोक्न पाउने यस्तो प्रस्तावमा नेपाल सहमत छ । हवाइ क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको उक्त प्रस्तावमा सहमति जनाइसके तापनि उडान भने दशैँअगावै सुरु नहुने बताइएको छ ।

स्रोतका अनुसार भारतको उक्त प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीबाट समेत पारित भइसकेको तर मन्त्रिपरिषदमा गएर अड्किएको अवस्था छ । त्यसैले दुवै देशबीच उडान सुरू गर्न ढिलाइ भइरहेको बताइएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२