दशैंमा घरकी देवीको अपमान

Jagaran Post १ कार्तिक २०७७, शनिबार १६:५८ flashwithoutimage
सेयर गर्नुहोस्

तारा चापागाईं

बाल्यकालको दशैं सधैँ रमाइलो र बिर्सन नसकिने खालको हुन्थ्यो । दशैंमा दुर्गामाताका ठूलाठूला मूर्तिहरू स्थापना गरिन्थे र चारैतिर बज्ने दशैंका गीतहरुले पूरै सहर नै गुञ्जायमान हुन्थ्यो । साथीहरूको झुण्ड बनाएर ती मूर्ति हेर्न त्यो बाल्यकाल अहिले सपनाजस्तो लाग्छ । मूर्ति हेर्न जाँदा सित्तैमा खान पाइने थरिथरिका मिष्ठान्न परिकारले बाल्यकाललाई लोभ्याउँथ्यो । मूर्ति स्थापना गरिएका ठाउँमा विष्णु र दुर्गाका मन्दिर राखिएका हुन्थे । त्यहाँ भव्यतापूर्वक पूजाआजा हुन्थ्यो, बली चढाइन्थ्यो ।
अझ गाउँको दशैं शहरभन्दा फरक र रमाइलो हुने भएकाले दशैं सुरु भएसँगै गाउँ जाने रहरले शहर छोड्न बाध्य बनाउन्थ्यो । शहरमा बस्नेहरु गाउँमा फर्किन्थे । गाउँमा जाँदा अत्यन्तै रमाइलो लाग्थ्यो । दशैंको टीकाका दिन सबैभन्दा अगाडी टिका लगाउनका लागि रोलक्रम भङ्ग होस् भनेर झगडा नै हुन्थ्यो । बालयकालका ती दृष्यहरु अझै पनि मानसपटलमा घुमिरहन्छन् ।

घरमा थरिथरिका परिकारहरू बनेको देख्दा मलाई खुब रमाइलो लाग्छ । दशैंमा नयाँ लुगा किन्नका लागि जुन व्यग्रता र किनिसकेपछि जुन खुसी हुन्थ्यो त्यो व्यग्रता अब उमेर र जिम्मेवारीसँगै पग्लिँदै गयो । बाल्यकालमा न चिन्ता, न सुर्ता, न जिम्मेवारी । सायद त्यसैले होला, मनमा उमङ्ग र उत्साह पनि उस्तै हुन्थ्यो । अझ मलाई फुलपाती भन्ने वित्तिकै विगतका यादहरुले मन मस्तिष्कलाई ओगटेर राखिदिन्छन् । मनमा विगतका ती भोगाई र यादहरुका अनेक खालका प्रश्नहरु छन् जवाफ कोसँग होला ?

असोज महिनामा दशैंको नवरात्री चलिरहेको थियो, दशैं मनाउन हामी स्याङजा गइसकेका थियौं । बदलिदो मौसम, हल्का जाडो, दशैंको चहलपहल र रौनकले गाउँघरलाई छपक्कै छोपिसकेको थियो । आँगनमा गुन्द्री बिछ्याएर वरपर घरका देवरानी जेठानीहरुको जमघट, दाजुभाईका भलाकुसारी, बुवा र हजुरबुवा पुस्ताहरुका रमाइला कुराकानी चलिरहेका थिए । केटाकेटीहरु आफ्नै धुनमा। एक्कासी चप्पल पड्किएको आवाज कानमा ठोक्कियो, देवरानी जेठानी, दाजुभाई सबै जना जुरुक्क उठे, केही डराएजस्तो, केही हिच्किचाएजस्तो । मैले सबैलाई बस्न आग्रह गरिरहेकै थिए । एक्कासी मेरो नजर उपासु (दुर्गा मन्दिरमा नौं दिन पुजा गरेर उपवास बस्ने व्यक्ति) माथि पर्यो। उनीहरुलाई देखेपछि मैले बुझे । नौं दिनसम्म मन्दिरमा पुजा गर्न बस्दा महिलासँग बोल्न नहुने त्यहाँको चलनबारे म पनि जानकार नै थिए । यत्तिकैमा दुईजना उपासु आँगनमै आइपुगे । फुलपातीका दिन सबैको घरघरमा पुगेर फलफुल, चामल उनीहरुको झोलामा राखेर दान दिने चलन पुरानै थियो ।

उपासुको चलनअनुसार दान नदिएमा घरमा जे छ, त्यही लिएर हिँड्ने चलन रहेछ । यत्तिकैमा ससुरा घर बाहिर निस्किनुभयो । उहाँ अलि हतास देखिनुहुन्थ्यो । म भने एकनासले ती दृष्यहरु हेरिरहेकी थिए । उपासुमध्ये एकजना नाताले भिनाजु पर्ने हुनुहुन्थ्यो, आँखा जुध्यो, भिनाजु मुसुक्क हाँस्नु भयो, तर बोल्नुभएन, यतिका वर्षमा भेट भएकी सालीसँग बोल्ने इच्छा उहाँको अनुहारले बताइरहेको थियो । हाम्रो परम्परा र संस्कृतिले बन्देज गरिदियो । उहाँ बोल्न सक्ने कुरै भएन, उपासुलाई दिने फुलपाति र अक्षता हातमा लिँदै ससुरा बुवालाई के–के मन्तर पढ्दै हुनुहुन्थ्यो मैले बुझिन् , भेनाको हेराइ र आँखाले सञ्चै छौं भनेजस्तो महशुस भयो ।

म दङ थिए, अर्को एक जना नाताले छोरा पर्ने थिए । उनीहरु मेरो मुखमा हेरिरहेका थिए । यतिकैमा मैले भने के परम्परा हो, महिलासँग बोल्न नहुने, आखिर किन ? यति भनेपछि भिनाजुले पनि मुख खोल्दै भन्नुभयो, ‘हो नि, यो चलन मलाई पनि मन परेको छैन् । अनि त साली भिनाजुको सञ्चो बिसञ्चो, हालखबर सोध्ने क्रम सुरु भयो । मैले पनि उहाँलाई सोधे, घरमा दिदीसँग पनि बोल्नुभएको छैन ? उहाँले सहजै जवाफ दिनुभयो, ‘नाइ’ । मलाई जवाफ आश्चर्यपूर्ण लाग्यो । किनकी, नवरात्रमा एउटा देवीको नाममा पुजा गर्ने पुजारी घरकी देवीसँग बोल्दैनन् । मलाई त्यो दिन परम्परा तोडेको महशुस गर्दै आफूलाई गर्व महशुस गरे । दुर्गामाताले पनि घरकी देवीसँग नबोल्नु भन्नुभएको त छैन नि ? मैले प्रश्न तेस्र्याउँदै उपासुहरुलाई सोधे, उनीहरु परम्परालाई समर्थन गरिरहेकै थिए ।

यता सासुआमा परम्परालाई तोड्न नसकिने बताउँदै हुनुहुन्थ्यो । मेरो जवाफ थियो, ‘आज पनि यस्ता परम्परामा अल्झिरहेको हाम्रो समाजले महिलालाई कसरी सम्मान दिन्छ ? दुर्गामाताले महिषाशुर नामको दैत्यलाई खतम गरेको किंवदन्ती छ । ‘महिलालाई लक्ष्मी, दुर्गा, सरस्वती वा सृष्टिदाता जननीको रुपमा हेर्न यो समाजमा किन विभेद छ ? जहाँ महिलाको अपमान हुन्छ, त्यहाँ ईश्वरले पनि बास गर्दैनन्’ भन्ने भनाईलाई हाम्रो समाज अझै पनि आत्मासाथ गर्न चाहँदैन । महिला सशक्त भए परिवारसँगै राष्ट्र सशक्त बन्छ । देवीको पुजा गरिरहँदा घरकी देवीको अपमान भइरहेको छ । यस्ता परम्परा र कुरितीलाई हटाउन जरुरी छ । आजपनि यही प्रश्न मेरो मनमा अल्झिरहेको छ । यसको जन्मदाता को होला ? कसरी यो संस्कृति र चलनलाई स्थापित गरिएको होला ? यसको जवाफ कोसँग हुनसक्छ, यस्ता प्रश्नको गाँठो कहिले फुकाउन सकिएला ?

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२