मोदिको सपथको लागि नेपाललाई पनि निम्तो, प्रधानमन्त्री ओली सहभागी हुने

जागरणपोस्ट १३ जेष्ठ २०७६, सोमबार १७:०८

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन नेपाललाई औपचारिक निमन्त्रणा आएको छ । मे ३० मा प्रधानमन्त्री मोदीले दोश्रोपटक भारतीय प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् । सो समारोहमा भाग लिन नेपाल लगायतका विमस्टेक सदस्य राष्टहरुलाई निमन्त्रणा गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीटमार्फत जानकारी दिएका छन् ।

यसअघि सार्क अध्यक्ष लगायत सदस्य राष्टका प्रमुखहरुलाई सपथ समारोहमा निमन्त्रणा गर्ने चलन थियो । तर यो पटक भने विमस्टेक सदस्य राष्टका प्रमुखहरुलाई निमन्त्रणा गरिएको हो । सपथ समारोहका लागि निम्तो आएपछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तयारीमा रहेको श्रोतले जनाएको छ । यद्यपि, भ्रमणको बारेमा औपचारिक कुरा बाहिर आएको छैन ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीले सपथ लिँदा सार्क अध्यक्ष राष्टको रुपमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ लगायतका सार्क सदस्य राष्टका प्रमुखहरु उपस्थित रहेका थिए । यसअघि नेपालको अध्यक्षतामा १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएपनि भारत र पाकिस्तानबीच देखिएको बढ्दो तनावका कारण १९ औं सार्क शिखर सम्मेलन हुन सकेको छैन । १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानको राजधानी इश्लामावादमा हुने भनिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६