सांसद मन्त्रीलाई दशैं भत्ता नबाँढ – बिबेकशिल नेपाली

जागरणपोस्ट ३ कार्तिक २०७७, सोमबार १०:३३ राजनीति

काठमाण्डौ– जनता कोरोना महामारीको कहरमा परिराखेको अवस्थामा सरकारले भने सांसद तथा मन्त्रीहरुलाई दशैंभत्ता बितरण गर्न लागीपरेको छ। एकातर्फ कोरोना महामारीको चेपुवामा परेका आफ्ना नागरिकलाई सरकारले उपचारसमेत गर्न नसक्ने बताईरहेको अवस्थामा सांसद मन्त्रीहरुलाई भने सरकारले दशैंभत्ता वितरण गर्न लागेको छ। सरकारको यसप्रकारको हर्कतको चौतर्फी आलोचना हुँदैगर्दा कतिपय सांसद र मन्त्रीहरुले भने दशैं भत्ता नलिने घोषणा भने गरेका छन। यसैबिच सांसद र मन्त्रीहरुलाई दशैंभत्ता वितरण गर्न लागेको सम्बन्धमा विवेकशिल नेपाली दलले सरकारको यसप्रकारको कदमको बिरोध गर्दै आईरहेको छ। आईतवार एक बिज्ञप्ती जारी गर्दै उक्त दलले सरकारको यसप्रकारको कदमको बिरोध जनाएको हो। दलकी उपाध्यक्ष बबिता राईद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ – बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड -१९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले उक्त रकम फिर्ता गर्न विवेकशील नेपाली दल आह्वान गर्दछ ।

विवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने व्यहोरा जानकारी गराउँदै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न विनम्रतापूर्वक अपिल गर्दछौं ।

कोभिड-१९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यस अघि पनि सरकारलाई सुझाव दिँदै आएको हो । वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटक पटक आवाज उठाएको स्मरण गराउन चाहन्छौं ।

तर प्रदेश सरकारले हाम्रा आवाजहरूलाई सुनुवाइ नगरी फजुल खर्च बढाइरहेको स्थिति छ । यसैको पछिल्लो उदाहरणको रूपमा प्रदेश सांसद, मन्त्रीहरूलाई समेत दसैँ खर्च बाँड्ने कार्यलाई लिन सकिन्छ । आम सर्वसाधारण नागरिकहरु रोग र भोकले एकैसाथ तड्पिरहेको अहिलेको अवस्थामा सांसद, मन्त्रीहरूले दसैँ खर्च लिनु सर्वथा अनुचित कार्य हो ।

अतः हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दसैँ खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौँ । साथै, वागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रुपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं ।

अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७/७/१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०