बेपत्ता प्रहरी जवान साउदको शव फेला

जागरणपोस्ट ४ कार्तिक २०७७, मंगलवार १२:५७ सुदुरपश्चिम प्रदेश

कैलाली : शनिबारदेखी बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव दुई दिनपछि फेला परेको छ ।

नेपाल–भारत सीमा मोहना नदीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक संगै गस्तीमा गएका बेला तस्करहरुले दुबै जनाको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल-भारत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो ।

साउँदलाई हत्या गरी शव मोहना नदीभित्र बालुवाभित्र गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए । जवान साउँदको शव इन्चार्ज असई गोविन्द विकको शव भेटिएको स्थानभन्दा झण्डै ३ मिटर टाढा भेटिएको रोकायाले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा स्थानीय १३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएकैहरुमध्ये केहीको घटनामा संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाई छ । घटनाको अनुसन्धान गर्न सिआइबी लगायत प्रहरीका विभिन्न टोली खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०