आइपीएलमा आज दिल्ली र पन्जाव भिड्दै

जागरणपोस्ट ४ कार्तिक २०७७, मंगलवार १४:२० खेलकुद

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) को ३८ औं खेलमा आज किंग्स इलेभन पन्जाव र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ । खेलमा दिल्लीका लागि श्रेयस ऐयरले कप्तानी सम्हाल्ने छन् भने पन्जाव के.एल राहुलको कप्तानीमा मैदानमा उत्रने छ ।

दिल्ली यस सिजनको आइपीएलमा बलियो टिमका रूपमा मानिन्छ । प्रतियोगितामा ९ खेल खेल्दा ७ जित र २ हार बेहोरेको दिल्ली १४ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा रहेको छ । त्यस्तै, प्रतियोगितामा ९ खेल खेल्दा ३ जित र ६ हार बेहोरेको पन्जाव ६ अंकका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ ।

यस्तै, पन्जावका ओपनर ब्याट्सम्यान तथा कप्तान के.एल राहुल प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने सूचीको पहिलो स्थानमा रहेका छन् । उनले ९ खेलमा ५ सय २५ रन जोडेका छन् । त्यस्तै, दिल्लीका बलर कगिसो रबाडा प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलरको सूचीको पहिलो स्थानमा छन् । उनले ९ खेलमा १९ विकेट लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०