कोरोना संक्रमणका कारण सुर्खेतमा ८६ वर्षीय वृद्धको मृत्यु

जागरणपोस्ट ४ कार्तिक २०७७, मंगलवार १६:०७ कर्णाली प्रदेश

सुर्खेत : सुर्खेतमा कोरोना भाइरस संक्रमणका कारण ८६ वर्षीय वृद्धको मृत्यु भएको छ ।

वीरेन्द्रनगर-८ सुर्खेत घर भएका उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे  मृत्यु भएको हो । 

कर्णाली प्रदेश अस्पतालका डाक्टर के.एन पौडेलका अनुसार उनलाई असोज ३० गते बेलुका उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुअघि उनमा ज्वरो र खोकीको समस्या थियो ।

उनलाई कात्तिक १ गतदेखि आइसियूमा राखेर उपचार गरिएको पौडेलले बताए । सोही दिन बिहान स्वाब संकलन गरी पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०