काठमाडौं । भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको लागि काठमाडौँ आएका छन् । उनि काठमाडौँ आएको रास्ट्रिय अनुसन्धान विभागले पुस्टि गरेको छ ।
उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने स्रोतले बताएको छ । उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।
भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतिय दुतावासले केही बताएको छैन ।