कोरोना नेपाल : थप २६ जनाको मृत्यु, ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि

जागरणपोस्ट ५ कार्तिक २०७७, बुधबार १७:०८ FLASH NEWS

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये ३ हजार १ सय ७ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकाका आज २ हजार १ सय सात जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।

जसमध्ये १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये २ सय ६९ जनाको सघन उपचार कक्षमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

देशभर ४ हजार ६५ जना क्वारेन्टिनमा रहेका छन । बुधबार २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण पहिचानका लागि १३ लाख ३४ हजार ८ सय ९७ वटा पीसीआरको नमूना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणवाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०