राजस्वको लक्ष्य पूरा गरौँला या धेरै नजिक पुगौँला भन्ने पूर्वानुमानमा छौँ : अर्थमन्त्री पौडेल

जागरणपोस्ट ८ कार्तिक २०७७, शनिबार १६:४२ flashwithoutimage

काठमाण्डौ : अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताउनुभएको छ ।

कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभएको हो । शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले कतिपय कानुनी नियमगत प्रबन्ध अथवा अरु चिजका कारण पुँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजमा सुधार गर्दै पुँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताउनुभयो ।

यस्तै, वर्तमान अवस्थमा कोभिड–१९ सङ्क्रमण ले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिइ खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पुँजीगत खर्च हुन नसकिरहेको अवस्था छ, यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक आवश्यक निर्णय लिँदै अगाडि बढ्छौँ र पुँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौँ ।’

राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । लकडाउनका कारण आर्थिक क्रियाकलापमा सङ्कुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व सङ्कलनमा चुनौती थपिएको उहाँले बताउनुभयो । तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व सङ्कलनको स्थितिअनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको स्थिति हेर्दा के देख्छौँ भने राजस्व परिचालनको पाटो हाम्रा निम्ति अलिकति चुनौतीपूर्ण बनेर देखा परेको छ । बीचमा लकडाउनको अवस्था पनि रह्यो । आर्थिक क्रियाकलापमा निकै मात्रामा सङ्कुचनको अवस्था देखा पर्‍यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो । अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दा खेरि हामी राजस्वको जुन लक्ष्य हो, त्यसको नजिक–नजिक नै पुगेका छौँ । केही तल छौँ तर हामी नजिक पुगेका छौँ । हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रबर्द्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन सङ्कुचन छ, त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौँ । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजस्वको लक्ष्य पूरा गरौँला या धेरै नजिक पुगौँला भन्ने पूर्वानुमानमा छौँ ।’

यस्तै, सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०