हिजो बुटवलबाट हराएका बालक आज मृत भेटिए

जागरणपोस्ट ८ कार्तिक २०७७, शनिबार १७:२३ breaking-news

बुटवल : हिजो बुटवलबाट हराएका एक बालक आज मृत भेटिएका छन् । बुटवल–८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका १० वर्षिय छोरा निश्चल तिवारी हिजो साँझदेखि सम्पर्क विहिन थिए ।

उनी आज दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिनुभयो ।

उनी आफ्ना साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा डुबेपछि ती साथीहरु डरले फर्किएर कसैलाई केहि नभनेको हुँदा आज सोधपुछ पछि सो स्थानमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताउनुभयो । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०