रुपन्देही र पाल्पामा गरी आज थप २ कोरोना संक्रमितको मृत्यु

जागरणपोस्ट ८ कार्तिक २०७७, शनिबार १७:३५

बुटवल : रुपन्देही र पाल्पामा गरी आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिकाका १ जना पुरुष र तानसेन नगरपालिकाका १ जना रहेका छन् ।

तिलोत्तमा ७ का ७५ वर्षिय पुरुषको बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा आज बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी कार्तिक ५ गते पुगेका थिए ।

कोरोना पुष्टि भएपछि उनलाई कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो भने उनी एक भन्दा बढी रोगबाट संक्रमित रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

त्यस्तै, पाल्पाको तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा ढाड दुख्ने समस्या भएपछि मिसन अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ भने जिल्लामा २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६