ब्रेकिङ न्युज:

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०

हामी यतिखेर विषम परिस्थितिसंग जुधिरहेका छौं। विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (COVID-19)ले आज समग्र बिश्वका मानवजातीको अस्तित्वमाथी नै प्रश्नचिन्ह खडा गरिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि यस त्रासदबाट अछुतो रहन सकेको छैन। अहिलेसम्मको विश्व स्थितिलाई हेर्दा यौटा सुखद पक्ष नै भनौं या संयोग, यस त्रासदबाट ऐलेसम्म नेपालमा कसैले पनि ज्यान गुमाऊनु परेको छैन र यस भाइरसबाट कोहि पनि संक्रमित हुनुपरेको छैन। यद्यपि यस खतरनाक भाइरसबाट बिदेशमा रहनुहुने कयौं नेपाली नागरिकले भने ज्यान गुमाऊनुपरेको यो दुखद घडिमा उहाँहरुको चिरशान्तिको कामनासहित शोकमग्न परिवारजनमा ईश्वरले धैर्यधारण गर्नसक्ने क्षमता प्रदान गरून् भन्ने कामना गरौं।

कोरोनाबाट नेपाली नागरिकमात्र किन, आज विश्वभरि नै यस महामारीको चपेटामा परि ज्यान गुमाऊने ज्ञात अज्ञात समस्त नागरिकको चीरशान्तीको कामनासंगै शोकमग्न परिवारजनमा धैर्यधारण गर्नसक्ने क्षमताको लागी सामुहिकरुपमा कामना गरौं, प्रार्थना गरौं।

र, कामना र प्रार्थना विश्वका ति लाखौं नागरिकको लागि पनि गरौं जो यस महामारीको चपेटामा परि संक्रमित छन र जीवन मरणको दोसांधमा छन- यथासक्य छिटो निको भैजाऊन र पूनश्च: पूर्वर्वत जिवनशैलीलाई आफ्नै लयमा फर्काऊन सफल रहुन। यौटा अदृष्य जिवाणुले आज समग्र विश्वमा मानवजातीको अस्तित्वमाथी प्रश्नचिन्ह मात्र खडा गरिदिएको नभएर विश्वभरिको सामाजिक जिवनसमेत छिन्नभिन्न पारिदिएको यस त्रासदपूर्ण महामारी छिट्टै नै नियन्त्रणमा आईजाओस।

अहिले सम्पूर्ण विश्व कोरोनाविरुद्धको लडाईंमा होमिएको अवस्था छ। कोरोनाविरुद्धको यस विश्वब्यापी लडाईंमा अति कमैमात्र देशले कोरोनामाथी लगभग लगभग विजय प्राप्त गर्न सफल भएका छन भने कतिपय देशले नियन्त्रणसम्म गर्न सफल भएका छन। केहि देशहरुले कोरोना रोकथाममा आंशिक सफलता हासिल गर्नसकेका छन भने कतिपय देश कोरोनासंग निरन्तर लडिराखेका छन, भयावह क्षति ब्योहोर्दैछन।

विषम परिस्थितिमा मानव हुनुको नाताले मानवियता दर्शाऊनु नै परोपकार हो, सेवा हो र धर्म हो। विश्वभर कोरोनाविरुद्ध लडिरहेका सबै देशहरुले ऐले एकले अर्कोलाई आवश्यक र उपलव्ध सामाग्रीहरुको सहयोग आदानप्रदान भैराखेको अवस्था पनि छ। विशेष गरेर कोरोनाले अत्याधिक कहर मच्चाएको युरोपेली र अमेरिकी देशहरुमा चिकित्सक र चिकित्सकिय सामाग्रीको चरम् अभाव भएको छ। आशा छ, यस्तो अभावको पूर्ती निश्चय पनि अन्य हितैषी देशहरुबाट अवश्य हुनेछ र हुनु पनि पर्दछ। बिपतको अवस्थामा राजनीति र कुटनितिभन्दा माथी उठेर विश्वभरका समग्र देशले एकअर्कोलाई साथ, सहयोग, सद्भाव, हौसला एवं प्रेरणाद्वारा नै कोरोनाबिरुद्धको लडाईंमा एकसाथ विजय प्राप्त गर्नेछन।

को धनी, को गरिब, को शक्तिवान, को शक्तिहिन, कुन देश समृद्ध, कुन देश पिछडिएको, कोसंग रासायनिक हतियार, कोसंग परमाणु बम, कोसंग मिसाईल, कोसंग शक्तिसंचय? आखिर बिपदले यी केहि पनि हेर्दोरहेनछ, भेदभाव गर्दोरहेनछ भने हामी जसको अस्तित्वमाथी यौटा अदृष्य भाइरसले समेत गम्भीर प्रश्नचिन्ह खडा गरिदिने मानवजाती भने आखिरमा के को लागि तछाडमछाड रहेछ त? आखिर के काम लाग्यो त अमेरिकाको सुपरपावरको उपाधी? के काम लाग्दोरहेछ त शक्तिराष्ट्रका परमाणु बमहरुको ? के काम लाग्दोरहेछ मिसाईलको? के काम लाग्दोरहेछ त परमाणु बमको? के काम लाग्यो त अत्याधुनिक हतियारले लेस शैन्य शक्तिको?

मानविय संकटका अंघाढि जस्तोसुकै हतियार र शक्ति पनि निरीह भैदिंदा आज उक्त संकटबाट पार लाग्न यौटा अनुसन्धानकर्ता त चाहिंदोरहेछ, चिकित्सक त चाहिंदोरहेछ, शिक्षक, वौद्धिकता त चाहिंदोरहेछ, नियम र अनुशासन त चाहिंदोरहेछ। सहयोग र सद्भाव त चाहिंदोरहेछ। समन्वय र सहकार्यको त आवश्यकता पर्दोरहेछ भने किन यो चरम होडबाजी त?

सलाम छ, नमन छ, नतमस्तक छौं, साथ छ, सहयोग, हौसला, आशीर्वाद एवं अथाह आत्मविश्वासको लागि कामना छ- जो यस त्रासदपूर्ण महामारी कोरोनाविरुद्धको लडाईंमा मैदानमा दिनरात खटिएका छन।

विश्वभरका मानव जातिको अस्तित्व संकटमा मात्र होईन, समग्र मानव जिवनकै आर्थिक, राजनैतिक, सांस्कृतिक र सामाजिक जिवनसमेत ध्वस्त पारिदिएको यस कोरोना महामारीका माझ हामीमा भने फेरि यौटा उमंग धेरै आशा अनि सम्भावना बोकेर हामीसम्मुख उपस्थित छ- नयाँ वर्ष २०७७। विषम परिस्थितिका माझ पनि हामीसम्मुख उपस्थित भएको नयाँवर्षको सुनौलो अवसरलाई हामीले मुट्ठिमा छोप्नुछ। यौटा त्यस्तो उमंग जसले हामिलाई अवका यात्राहरुमा अनवरत उर्जा प्रदान गरिरहनेछ र त्यो यौटा त्यस्तो उर्जा हामिलाई प्राप्त हुनेछ जुन उर्जाले हामीलाई विगत भुलाउनेछ, विगतको नमिठो अनुभवलाई अवका यात्राहरुमा सुसेलीको सयलमा झुलाउनेछ र नयाँ आशा र विश्वासको गोरेटो तय गर्नेछ। यसै उमंगसंगै कोरोनाविरुद्धको लडाईंमा पनि विजय प्राप्त हुनेछ।

प्रतिवद्धता गरौं, अहिलेको जटिल समय छिट्टै पार लाग्नेछ। देश फेरि पनि पुरानै लयमा फर्किनेछ। र, फेरि विगत हाम्रो जस्तो थियो त्यो केवल विगतमात्र हुनेछ। विषम परिस्थिलाई मध्यनजर गर्दै कृपयाँ सरकारी निर्देशलाई उल्लंघन नगरिदिनुहोला, ऐलेसम्म नेपालमा कोरोनाबाट कुनै अकल्पनीय क्षति हुनपाएको छैन। यस्तै सुखद खबर निरन्तर मिलिरहोस। छिट्टै नै हामीले पनि कोरोनाविरुद्धको लडाईंमा विजय प्राप्त गर्नेछौं। यसको लागि सरकारको निर्देशनभन्दा पनि हामी आफै जिम्मेवार र केहि समयको लागि सहनशील भईयो भने निकट दिनमैं हाम्रो दैनिकी सामान्य लयमा फर्केर जानेछ।

त्यसैले आऔं हामी सवैले प्रण गरौ यसवर्ष को विजयादशमी संगै नयाँ जोस र जाँगर लिएर। दशैं पनि मनाऔं एक नयाँ उंचाई चुम्नको लागि, कोरोनाविरुद्ध विजय प्राप्त गर्नको लागि, सरकारी निर्देशको पूर्णरुपमा पालना गर्दै हामी सबैले सतर्कता अपनाउँदै मनाऔं विजयादशमी। समस्तजनमा शुभकामना ।।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११