ब्रेकिङ न्युज:

कारको ठक्करबाट बृद्धको मृत्यु

जागरणपोस्ट १२ कार्तिक २०७७, बुधबार ०९:३५

सप्तरी – पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११