कति बढ्यो भिआईपीको तलब?

जागरणपोस्ट १६ जेष्ठ २०७६, बिहीबार १०:३६

काठमाण्डौ : सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसदको तलव वृद्धि गरेको छ ।

विभिन्न श्रेणीका राजपत्रांकित र राजपत्रअनंकित कर्मचारीको तलबमा क्रमशः १८ र २० प्रतिशतका दरले तलब वृद्धि गरेसँगै राष्ट्रपतिदेखि सांसदको तलबमा समेत वृद्धि भएको हो ।

राजपत्रांकितको तलब १८ प्रतिशतका दरले वृद्धि भएसँगै राष्ट्रपतिको तलबमा २७ हजार रुपैयाँ र सांसदको तलबमा ९ हजार रुपैयाँ वृद्धि भएको छ ।

हाल राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ रहेको छ । १८ प्रतिशत वृद्धि हुँदा २७ हजार ८१ रुपैयाँ तलब बढेपछि राष्ट्रपति भण्डारीको तलब साउन महिनादेखि लागू हुने गरी १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ मासिक थप भएको छ । हाल १ लाख ८ हजार ३० रुपैयाँ तलब पाउँदै आएका पुन आगामी साउनदेखि १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पाउने छन् ।

बजेट वक्तव्य अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको मासिक तलब तलब १३ हजार ९ सय १० रुपैयाँ बढेको छ । योसँगै ओलीले आगामी साउनदेखि ९१ हजार १ सय ९० रुपैयाँ पाउने छन् । हाल प्रधानमन्त्री ओलीको तलब ७७ हजार २ सय ८० रुपैयाँ रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सभामुखको तलब पनि वृद्धि गरेका छन् । तलब वृद्धिसँगै सभामुख कृष्णबहादुर महराको तलब ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ । उनको तलबमा १२ हजार १ सय १८ रुपैयाँ वृद्धि भएको छ । हाल उनको तलब ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

उपप्रधानन्त्रीको तलबमा ११ हजार सय ३६ रुपैयाँले वृद्धि हुँदै ७६ हजार ९ सय ३६ रुपैयाँ पुगेको छ । हाल उपप्रधानमन्त्रीको तलब ६५ हजार २ सय रुपैयाँ छ ।

बजेट वक्तव्यमार्फत सरकारले मन्त्री र सांसदको तलब समेत वृद्धि गरेको छ । यसअघि ६० हजार ९ सय ७० रुपैयाँ मासिक तलब लिँदै आएका मन्त्रीको तलब ७१ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।

हाल ५५ हजार २ सय ३० रुपैयाँ मासिक तलब लिँदै आएका सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ पुगेको छ । सरकारले बजेटमार्फत निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रमका नाममा सांसदलाई दिँदै आएको रकम ४ करोड रुपैयाँबाट वृद्धि गरेर ६ करोड रुपैयाँ पुर्‍याएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६