एजेन्सी : कप्तान सरफाजसहित तीन खेलाडीको अर्धशतक प्रेरित पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डलाई ३ सय ४९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ४९ रनको लक्ष्य दिएको हो । ट्रेन्ट बिज्रमा पाकिस्तानका लागि कप्तान सरफाज अहमदसहित मोहम्मद हफिज र बाबर अजामले अर्धशतक बनाए ।
६२ बल खेलेका हफिजले ८ चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । शतक बनाउनबाट १६ रनले पछि परेका हफिज मार्क वुडको बलमा वोक्समार्फत क्याच भए । ६६ बल खेलेका अजामले मोइन अलीको बलमा क्रिस वोक्समार्फत क्याच हुनुअघि ४ चौका र १ छक्काको मद्दतमा ६३ रन बनाएका थिए । कप्तान सरफाजले ५५ रनको योगदान दिए । ४४ बल खेलेका सरफाज ५ चौका प्रहार गर्दै वोक्सको बलमा आउट भए ।
ओपनर इमाम उल हक अर्धशतक बनाउन ६ रनले चुके । पाकिस्तानलाई ठूलो रन बनाउन उत्कृष्ट प्रदर्शन गरेका इमामले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ४४ रन बनाएका इमाम पनि मोइन अलीको बलमा क्रिस वोक्समार्फत क्याच भएका थिए । फकर जमान ३६ रनमा पवेलियन फर्किए । असिफ अलि १४ रनमा मार्क वुडको बलमा बेष्ट्रोमार्फत क्याच भएका थिए । वाहब रियाज ४ रनमा आउट भए । सोयब मल्लीक ८ रनमा पवेलियन फर्किँदा सद्दाब खान र हसन अली १०-१० रनमा अविजित रहे ।
इङ्ल्याण्डका मोइन अली र क्रिस वोक्सले ३-३ विकेट लिए । मार्क वुडको नाममा २ विकेट रह्यो । पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध खराब प्रदर्शन गरेको पाकिस्तानले आफनो दोस्रो खेलमा जारी विश्वकपकै सर्वाधिक ३ सय ४८ रन बनाएको छ । यसअघि बंगलादेशले दक्षिण अफ्रिकाकालाई ३ सय ३१ रनको लक्ष्य दिँदा पाकिस्तान ३ सय ४८ रन बनाउन सफल भएको हो ।
पाकिस्तान खराब लय सुर्धार्दै विजय लक्ष्यमा छ भने इङ्ल्याण्ड दोस्रो जित निकाल्ने रणनीतीमा छ । इङ्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ४ रनको जित निकालेको थियो । पाकिस्तान पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध ७ विकेटले पराजित भएको थियो ।