जिम्बाबेका पूर्व कप्तान एल्टन चिगुम्बुराले सन्यास लिने घोषणा गरे

जागरणपोस्ट २४ कार्तिक २०७७, सोमबार १२:३५ खेलकुद

काठमाडौं । जिम्बाबेका पूर्व कप्तान, ३४ वर्षीय अलराउण्डर एल्टन चिगुम्बुराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

पाकिस्तानविरुद्ध १० नोभेम्बरमा रावलपिण्डीमा टी २० म्याच खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यस लिने घोषणा गरेका हुन् ।

पाकिस्तान भ्रमणमा रहेको जिम्बाब्वे ३ खेलको टी–२० सिरिजमा १–० ले पछि परेको छ। यसअघि एकदिवसीय सिरिजसमेत जिम्बाब्वेले २–१ ले गुमाएको थियो।

उनले २००४ मा इन्टरनेशनल क्रिकेटबाट डेब्यू गरेका थिए ।

उनको १६ वर्षको क्रिकेट करियरमा उनले जिम्बावेका लागि १४ टेस्ट, २ सय १३ एकदिवसीय र ५५ टी–ट्वान्टी खेलेका छन् ।

उनले जिम्बावेका लागि ८० खेलमा कप्तानी गरेका छन्। चिगुम्बुरा जिम्बावेका लागि सर्वाधिक कप्तानी गर्ने दोस्रो खेलाडी हुन्।

उनले जिम्बाब्वेका लागि ५ हजार ७६१ रन बनाएका छन्। साथै उनले १ सय ३८ विकेट समेत लिएका छन्।

२१५ वान डे म्याच खेलेका छन् । उनले २५.२३ औसतमा ४ हजार ३४० रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०