‘अनर’ स्मार्टफोनको स्वामित्व बेच्दै ह्वावे

जागरणपोस्ट २६ कार्तिक २०७७, बुधबार १२:५५ प्रविधि

काठमाडौं । ह्वावेको सहायक ब्राण्ड ‘अनर’ बिक्री हुने भएको छ । कम्पनीले चीनकै एक ग्रुपलाई अनरकाे स्मार्टफाेन डिभिजन बेच्ने तयारी गरेको समाचार राेयटर्सले लेखेकाे छ । समाचार अनुसार डिस्ट्रिब्युटर डिजिटल चाइना र सेनजेन सरकारले अनर स्मार्टफाेनकाे स्वामित्व लिने तयारी गरेका छन् ।

यसका लागि १५.२ बिलियन डलर अर्थात १८ खर्ब रुपैयाँभन्दा बढीमा ‘अनर’ ब्राण्ड बिक्री हुने भएकाे छ । उक्त रकम अनरको रिसर्च एण्ड डेभलपमेन्ट तथा वितरण युनिट समेटिएका छन् ।

स्राेतका अनुसार यो समझदारीमा स्मार्टफोन मात्रै समेटिएको छ । गएको अक्टोबरमा ‘अनर’ ब्राण्ड खरिदको लागि टीसीएल र साओमी तयार रहेको चर्चा गरिएको थियो ।

अन्तत: डिस्ट्रिब्युटर डिजिटल चाइना र सेनजेन सरकारले उक्त ब्राण्ड किन्ने भएका छन् । यदि ह्वावेले अनर ब्राण्ड उक्त मूल्यमा बिक्री गर्न सफल भएको खण्डमा उसले अहिले विश्व बजारमा झेलिरहेको समस्यासँग जुध्न आवश्यक पुँजी संकलन गर्न सफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०