बालबालिकाले खाना खान मान्दैनन? पढ्नुहोस राजन बिडारीका केहि टिप्सहरु

जागरणपोस्ट २७ जेष्ठ २०७६, सोमबार ०४:५१

के चरा जति पनि – जानेनौ कि त हामिले ?
बचेरा अनि अभिभावक दुबै – खान, खुवाउन तत्पर !

कास, खाना खुवाउने मामलामा आधुनिक अभिभावक र बच्चाको पनि यस्तै दृश्य देख्न पाए ? बच्चालाई खुवाउने मामलामा आजित नहुने प्रायः को होला ?!?

मान्छेका बच्चालाई खुवाउने कुरामा धेरैको गुनासो सुनिन्छ, कि बच्चाले खाना खानै मान्दैनन् – दुख दिन्छन्, घण्टौ लाग्छ । उनीहरु वाकी दिन्छन् र हामीलाई पनि वाक्क लगाउँछन् । के गर्नेहोला !

केही त गर्नै पर्छ – हामीले पनि । तपाई हामी केही यस्ता उपाय अपनाउन सक्छौ, जस्तो कि:-

१. अब खाना खाने भन्नुको सट्टामा यो हाम्रो खाना खाने समय हो, भनौ ।

२. प्राय: बिहान बेलुकी र दिनमा समेत कुनै एकै समयमा खुवाउने ! ताकी त्यही समयमा भोक लागोस र खाना खाने आदत (बानी बसोस) । यो मानव स्वास्थ्यको हिसावले पनि उचित छ !

३. कर गर्ने र कोच्ने भन्दा खाना किन र के का लागि खानु पर्छ, नखादा के हुन्छ, धैर्यताका साथ उदाहरण पेश गरौ !

४. उसलाई मात्रै भन्ने तर आफ्नो पनि खानपिनको आदत ठिक छैन, जिब्रो र स्वादका लागि जुनै समयमा मन लाग्छ खाइन्छ, खाना फ्याकिन्छ, यो वा त्यो खाने नखाने जस्ता बानी छन् भने बालबालिकाको नजरमा पर्नु हुदैछ । त्यही देखेर, बुझेर उनीहरु पनि उस्तै बन्न सक्छन् । अत: पहिले आफ्नो सुधारौ !

५. खाना पछि पछि लागि के के न हुन्छ झै गरि खुवाइदिने, नखाए आकासै खस्छ झै गरि हप्काउदै, पिट्दै खुवाउने गरेमा त झनै खानपिन प्रती उनीहरुको दृष्टिकोण नै नकारात्मक बनिदिन्छ । अत: समयमा खान दिउ, खाना खाने स्थान मै दिउ र खाना खाने समय हो भनौ । यत्ती गरेपछी उनीहरु खाउन न खाउन, केही समय बेवास्ता (ignore) गरौ ! नजिक आए पनि संमयताका साथ खानु पर्ने कुरा सरल भाषामा भनौ ! उस्का अनेक माग र आग्रह आउछन्, उचित आए मानिदिउ, नभए आफू पनि अडिग रहौ ! त्यस पछि हेरौ न । तर यो काम हतारोमा भन्दा अलिक समय मिलेको बेलामा गर्नु उचित हुन्छ !

६.अति गर्ने बालबालिकालाई कहिले काहीँ खाना नै नपस्किनुस, नदिनुस र आफूहरु मात्रै खान खोजे झै गर्नुस, तव उस्ले पनि आपत्ति जनाउन र खै मलाई चै भन्न थाल्लान ! तब ए खाने हो र ? खानु पनि पर्ला र ? भन्दै हल्का मजाक गर्दै र तत्काल पछि खान खोजेको अनि असल बानीको खुलेर प्रशंसा गर्नुस् र हौस्याउनुस पनि !

७. उनीहरुको खाना अलिक फरक फरक शैली र ढंगमा सजाउ । जस्तो कि सलाद, दाल तरकारी, अचार, दूध वा के कस्तो छ, सजाएर दिउ । सधै एउटै भाडो र शैलीमा नदिऔ, नपस्कौ !

यी त मेरा कुरा अनि सिकाइ भए । यो आधुनिक समयमा बच्चालाई खुवाउनु पनि निकै ठूलो चुनौती बन्दैछ, विशेषत, आमाहरुलाई । पार पाउन बहस गरौ। राम्रा अनि सहज लाग्ने उपायहरुको खोजी गरौ । भएका सिकाइहरुलाई आपसमा बाँडौ !

राजन बिडारी, बालबालिकाको शैक्षिक, मानशिक,शारिरिक, सामाजिक तथा वृद्धिबिकासका लागि उत्प्रेरक हुनुहुन्छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८