ब्रेकिङ न्युज:

मेरो जागरण मेरो जीवन भाग – २१ फेस रिडर/ ज्योतोषी

जागरणपोस्ट ३० जेष्ठ २०७६, बिहीबार ११:५५

कुरा २०५३ सालतिरको हो। सहायक स्तरको जागीरले सधैं तानतुन गरेर चलाउनु पर्ने । पढाई पनि छोड्न मन लागेको थिएन साथै अन्य व्यवसायिक तालिम र अध्ययन पनि छँदै थियो । ४६/४७ साल तिरै इलेक्ट्रोनिक काम सिकी सकेको थिएँ । धेरै दुख कष्टले खाएको जागीर छोडेर आफ्नै व्यवासाय गर्ने इच्छा भए पनि लाग्न सकेको थिइन । व्यवसाय सफल हुन्छ भन्ने ग्यारेन्टी पनि थिएन । तर सिकेको सीप त्यसै गुम्स्याएर राख्ने अवस्था पनि थिएन
निम्न र मध्यम वर्गीय हरूको पहुँचमा , टी वी , डि भि डी , डिक्स , स्टेरियो आदि पुगी सकेकोले , बिक्री मर्मतको राम्रै बजार बसि सकेको थियो ।
केही सहयोगी साथी भाईको सहयोगमा , रानीपौवा र महेन्द्रपुल दुई ठाउँमा सँगसगै जस्तो मर्मत पसल (कार्यशाला ) खोलें । अफिसको समय बाहेक आँफै खट्थें । रानीपौवामा टेलीफोनको बढी काम हुन्थ्यो भने महेन्द्रपुलमा
अन्य ठुला ठुला इलेक्ट्रोनिक सामान हरूको बढी काम आउँथ्यो । सधैंको दौडधुप कामको चाप निकै हुन्थ्यो । काम अनुसारको दाम भने वचत गर्न निकै गाह्रो थियो । यथेष्ट आम्दानी त हुन्थ्यो तर चुहावट नै धेरै । सँगै व्यवसाय गर्नेले राम्रै तरक्की गरि सकेका थिए , आफ्नो भने सोचे जस्तो
भएन ।
मेरो पसलको अगाडि एउटा फुटपाथे ज्योतिषीले अखडा जमाउँथ्यो
अलि अलि जडिबुटी औषधी पनि बेच्थ्यो । प्रायः कालो कपडामा हुन्थ्यो ।
चिना , हात , अनुहार हेरेर भविष्य ग्यारेन्टीका साथ बताउँछु भन्थ्यो । उ सँग हेराउने औषधि गर्ने झार्फुक गर्ने मान्छे प्रायः भै रन्थे । अरु कार्य त्यहाँ गरे पनि झारफुक भने त्यहाँ गर्दैन्थ्यो । मेरै पसलको पछाडि पट्टि गोप्य ठाउँमा गर्थ्यो । बिहानै पसल खोल्ने बेलामा नजिकका पसलेलाई टीका सिका लाई दिन्थ्यो धुप बाली दिन्थ्यो । हामीले उस्को बुहुनी गर्दिन्थ्यौं । उस्को र हाम्रो धन्धा आआफ्नै तरिकाले चल्थ्यो । साँझ
कैले काहीँ त हाम्रो भन्दा बढी कमाइ भयो भन्थ्यो ।

भदौ ताका हो , बिहानै देखि अविरल झरी पर्‍यो त्यो दिन । मान्छेको आउजाउ निकै कम भयो झरीको कारण । हाम्रो धन्धा पनि सुन्य सुन्य
थियो , उस्का पनि ग्राहक आएनन् । वरपर पसलका साथी सँगै बसेर
चिया खाँदै गफिएर बसेका थियौं । उस्को त झोला खोलेको पनि थिएन
झोला हाम्रै पसलको कुना कानीमा राख्थ्यो । हामीले चिया खाँदै गर्दा उस्लाई पनि चिया खुवायौं । त्यस्तै प्रसङ्ग चल्दा आज हजुर हरूलाई
दश दश रुपैयाँमा हेराई दिन्छु , भन्यो एक दुई जना साथीले हेराइ हाले
पनि । कसैले मिल्यो भने कसैले मिलेन भने । हेराउने क्रम चली रह्यो
वरपरका पसले साथी हरू थपिदै गए । मिलेन भन्नेलाई भोलि चिना
टिप्पणी लिएर आउनुस् भनेर आस्वस्त पार्दै गयो । साथी हरूले मलाई
पनि हेराउन कर गरे । म त हेराउन्न बरु त्यसै दश रुपैयाँ दिउँला भनें ।
त्यस्ले त्यति बेला सम्म डेड दुई सय कमाइ सकेको थियो । उस्ले त्यसै
पैसा लिन्न , म माग्ने हैन मैले गरेको भविष्य वाणी अचुक छ भनेर
फूर्ति झारी हाल्यो । त्यो भन्दा अधि मैले एक पटक मात्र हेराएको
थिएँ , स्याङ्जा मायँटारी गएर त्यहाँ देखि हेराउने मोह भङ्ग भै सकेको
थियो मलाई । पुरै वकवास जस्तो लागेर । सबैले कर गरे उस्ले पनि
१००%मिलाउँछु भनेर चुनौती दिई रह्यो । अन्तमा सर्त राखें ! म एउटै
प्रश्न राख्छु मिले सय नै दिन्छु भने , उस्ले नमिले प्रमाण दिन सके म
दुई सय दिन्छु भन्यो । साथी हरूले दुबै पक्षलाई उकेरा लाउने काम गरे ।
मेरो चिना टिप्पणी त्यहाँ उतिखेरै हुने कुरा भएन उस्ले अनुहार हेरेर
ठ्याक्कै पार्ने ठोकुवा गर्‍यो । मलाई त्यतिका माझमा मिले नमिलेको
देखिने खालको प्रश्न वा जिज्ञासा राख्नु पर्ने भयो । उस्को दुई सय र मेरो
एकसय निर्णायक लाई बुझायौँ त्यति बेला सम्म १५/२० जना जम्मा
भै सकेका थिए । घेरा बन्दी गरेर बसे । उ र म उस्तै उमेरका थियौं
उस्को जिउडाल र लवाइले गर्दा म भन्दा निकै पाको जस्तो देखिन्थ्यो
म दिन उमेरको भएको भए पनि ख्याउटे दाँत अलि छिद्रा भएकोले
बच्चै जस्तो देखिन्थे । तर पनि उस्ले मान गरेरै सम्बोधन गर्थ्यो अघि
पछि पनि ।
ल प्रश्न राख्नोस् भन्यो सबै चुप भए । मलाई उत्ति बेलै मिले /नमिलेको
प्रमाण पेश गर्नु पर्ने भएकोले , ल मेरा दाँत कति छ्न् भनें , मेरो मुख खुलेको अवस्थामा १२/१४ ओटा दाँत देखिन्थे । म सामान्य अवस्था नै रहें
ओठ च्याप्प पनि पारिन । उस्ले एक छिन मेरो अनुहारमा हेर्‍यो , अनि ध्यान लाए जस्तो गर्‍यो । मेरो अनुहार कलिलै जस्तो लागेछ क्यारे उस्ले
फ्याट अठ्ठाइस ओटा देखाउनुस् भन्यो । आफ्ना दाँत कति छ्न् भन्ने
आफूलाई थाहा छँदै थियो । मैले ढुक्क साथ मिलेन फेरि एक चान्स
अझै दिन्छु भने, अरुले हुन्न भने ,अझ मैले बाहिर बाट छाम्ने छुट सहित
दिएँ । उ रातो पिरो भयो छाम्न सकेन । बरु एक पटक अगाडिका दाँत
देखाउन भन्यो देखाइ दिएँ हल्का हाँसे जस्तो गरेर । उ त्यस्तो झरीमा
पनि पसिना पसिना भै सकेको थ्यो । सयको भन्दा पनि भोलि देखि उस्को धन्धा नै चौपट हुने वाला थियो । जम्मा भएका मान्छे हरू हल्ला गर्न
शुरु गरे ! कोहीले त पहिला दिएको पैसा फिर्ता माग्न थाले । ज्योतिषी निलोकालो भयो । अर्को अप्सन माग्न पनि सकेन । झोला बोकेर हिँड्न
लाग्यो । अरुले जान दिएनन् दाँत नगनी । उ हाला भयो । मान्छे धेरै
भएर जोग लागेन भन्न थाल्यो । ठिक छ दाँत त गनेर जाऊ जे भयो भयो
भनेर मैले मुख खोलें माथिल्लो लहर बाट गन्दै गएको , माथिल्लै
लहरमा १८ पुर्‍यायो उसैले । त्यस पछि गन्ने वातावरण नै भएन हल्लाले । भोलिपल्ट देखि उस्को दुकान बन्द भयो । त्यस्को १५/२० दिन पछि
नराम्रो खबर सुनाए ! अत्याधिक रक्सी पिएको कारण ज्यानै गएछ ।
यो पनि पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग -२० (परशुराम)

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost.com@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४