बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७
नेपालकै नमुना सडकको रुपमा रहेको प्रदेश नं. ५ स्थित बुटवलको गोलपार्कदेखि भैरहवासम्मको २७.८ किलोमिटर लामो छ लेनको सडक जति आकर्षक देखिएको छ, त्यति नै जोखिमयुक्त पनि बन्दै गईरहेको छ। सफा र चिटिक्क परेको यो सडकखण्डको दायाँ बायाँ तथा मध्यभागमा ठाऊँ ठाऊँमा भगवान गौतमबुद्धको मूर्तीसहित बायो ट्वाइलेटको ब्यवस्थामात्र होईन हराभरा फूलसहितको बंगैचा र रातको समयमा सडक बत्तिको ब्यवस्थाले गर्दा पनि यो सडकको चर्चा चुलिएको हो।
     भगवान गौतम बुद्धको मूर्तीले यस क्षेत्रको धार्मिक ऐतिहासिकता मात्र झल्काएको छैन, सडकमा यात्रा गर्दा दायाँबायाँका बगैचामा रंगीचंगी भै फूलेका फूलहरुको दृष्यले यात्रालाई स्वर्णिम आनन्दमय बनाएको हुन्छ। साथै सडकका कतिपय क्षेत्रमा स्थापना गरिएका बायो ट्वाईलेटले गर्दा मानिशहरुलाई समस्यमा पर्दा हातमुख धुनेदेखि दिशापिसाव गर्नेसम्मको सुविधा उपलव्ध भएकै कारणले पनि यो सडकको चर्चा चुलिएको हो। अहिलेसम्म सडकका बगैँचा र बायो ट्वाईलेटहरु सफा एवं चिटिक्क रहेकाले सडकसंगै सहरको सौन्दर्यतामा पनि कुनै ह्रास आएको छैन। आशा छ, यी सार्वजनिक सम्पत्तिहरुको आकर्षकता निरन्तर कायम रहनेछ। सडकसंगै हरियाली र सार्वजनिक शौचालयको ब्यवस्था नेपालका हरेक शहरमा अत्यावश्यक भैसकेको छ।
बढ्दो सवारीसाधनको चापसंगै यस सडकखण्डमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दै गईरहेको छ। बुटवलदेखि भैरहवासम्मको यात्रामा यस सडकको माध्यम जम्मा ४४ मिनेट लाग्ने हुनाले सवारी साधनको गति तिव्र नै रहेको पाईन्छ। विशेष गरेर जेब्राक्रस भएका स्थान र मूख्य चोकहरुमा सवारी दुर्घटनाको जोखिम उच्च रहेको देखिन्छ। यसका अलावा जहाँबाट पायो त्यहिंबाट बाटो काट्ने, भएका आकाशे पुलको प्रयोग नगर्ने हाम्रो बानीले गर्दा पनि यस क्षेत्रमा सडक दुर्घटनाको जोखिम उच्च रहेको हो। यसका अलावा सडकमा छाडा जनावरहरु हिंड्ने गरेको पनि पाईएको छ। तिव्र गतिमा आएका सवारीसाधनलाई यस्ता जनावरहरुले अलमलमा पार्दा दुर्घटना भएका धेरै उदाहरण छन। त्यसैले जथाभावी सडक काट्नु, ट्राफिक नियमको पालना नगर्नु, सडकमा छाडा चौपाया छोडिदिनु दण्डनिय अपराध पनि हो। सम्बन्धित निकायले यसतर्फ चासो दिनु अति आवश्यक पनि देखिएको छ।
  निर्माण कार्य समयमैं नसकिएकाले म्याद थप गरि करिब ५ अर्ब ८६ करोड लागतमा बिस्तार गरिएको यस सडकखण्डको भैरहवा क्षेत्रमा अझै पनि निर्माणकार्य सकिएको छैन। यतिधेरै लगानीमा बिस्तार गरिएको यस सडकखण्डमा भने हरेक मूख्य चोकहरुमा ट्राफिक बत्तिको आवश्यकता खड्किएको छ। तिव्र गतिमा आऊने जाने ठुला साना सवारीसाधनहरुले मूख्य चोकहरुमा सवारीको गति कम गरेको पाईंदैन। अझ विशेष गरेर टिपर, लामो दूरीमा चल्ने बस तथा ट्रक तथा स्थानीयस्तरमा चल्ने माईक्रोबसहरुले मूख्य चोक तथा जेब्राक्रसहरुमा गति सिमित नगर्ने गरेको पाईएको छ। यी सवारीसाधनहरुको यसप्रकारको गतिले सडकका जेब्राक्रस तथा मूख्य चोकहरुमा जुनसुकै बेला पनि दुर्घटना हुनसक्तछ।
त्यसैले यो सडकमा हुने सवारी दुर्घटना न्युनिकरणका लागि हरेक चोकहरुमा ट्राफिक बत्तिको ब्यवस्था गर्नु अति आवश्यक देखिएको छ। ट्राफिक बत्तिको ब्यवस्थाले सवारीसाधनलाई मात्र होईन पैदल हिंड्ने नागरिकलाई पनि नियममा हिंड्न सिकऊनेछ भने सवारीको गतिमा पनि नियन्त्रण आऊनेछ। जसले गर्दा दुर्घटनाको जोखिम पनि कम भएर जानेछ। यतिमात्र होईन, यति भव्य सडकको गरिमा र आकर्षकता पनि बढेर जानेछ।
Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९