प्रदेश सरकारको बजेट आज: कुन प्रदेशले ल्याऊला आकर्षक बजेट ?

जागरणपोस्ट १ असार २०७६, आईतवार ०७:४४

काठमाडौं : सातवटै प्रदेशले आज प्रदेश सरकारको बजेट सार्वजनिक गर्दैछन् । संविधान कार्यान्वयनमा आएयता उनीहरुले दोस्रोपल्ट बजेट ल्याउन लागेका हुन् । यसअघि संविधानको प्रावधानअनुसार संघीय सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिसकेको छ ।

प्रदेश सरकारहरुले निर्माण गरेको नीति तथा कार्यक्रमको आधारमा रहेर बजेट निर्माण भएको छ जसमा प्रदेशहरुले पर्यटन, कृषि, पूर्वाधार, ऊर्जा, उद्योग तथा दीर्घकालिन महत्व तथा प्रादेशिक महत्वको आयोजना प्राथमिकतामा राखेका छन् ।

प्रदेशहरुले मध्यमकालीन खर्च संरचनाका आधारमा बजेट ल्याउने तयारी गरेको बताइएको छ । आइतबार दिउँसो प्रदेशका अर्थमन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कुन प्रदेशको बजेट कस्तो ?

प्रदेशहरुले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश १ ले ४३ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने बताइएको छ । नीति तथा कार्यक्रमले प्राथमिकता राखेअनुसार प्रदेश १ को बजेटको प्राथमिकता पनि कृषि, पर्यटन, दीर्घकालीन योजना, भौतिक पूर्वाधारमा केन्द्रित रहने । औद्योगिकरण र जल पर्यटनलाई उक्त प्रदेशको बजेटले विशेष महत्व दिने भएको छ।

चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश २ ले ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने बताइएको छ । बजेटको प्राथमिकता सरकारले चालु आवको झैं कृषि, ‘बेटी पढाउ, बेटी बचाउ’, पर्यटन, पूर्वाधार निर्माण रहेको छ । चालू आवका लागि यस प्रदेश सरकारले २९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

यसैगरी प्रदेश ३ ले ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने भएको छ । यस प्रदेशको बजेट पनि नीति तथा कार्यक्रमले प्राथमिकता वरिपरि रहनेछ । जसअनुसार पूर्वाधार विकास, कृषि, वन, पर्यटन आदि विषयमा बजेट केन्द्रित हुनेछ । चालू आवका लागि प्रदेश २ सरकारले ३५ अर्बरुपैयाँको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशले ३४ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउन लागेको छ। बजेटको प्राथमिकता पर्यटन, कृषि, पूर्वाधार, ऊर्जा, उद्योग रहेछ । चालू आवका लागि गण्डकी प्रदेश सरकारले २४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

यसैगरी प्रदेश ५ ले ३५ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने भएको छ । यस प्रदेशको बजेट पनि नीति तथा कार्यक्रमले प्राथमिकता वरिपरि रहनेछ । जसअनुसार भौतिक पुर्वाधार निर्माण, कृषि तथा वातावरण, अपुरा योजनाहरु लगायत आदि विषयमा बजेट केन्द्रित हुनेछ । चालू आवका लागि यस प्रदेशले २८ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

कर्णाली प्रदेशले ३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने बताइएको छ । बजेटको प्राथमिकता पूर्वाधार विकास, जल, जमिन, जडिबुटी, जंगल रहेका छन् । चालू आवका लागि यस प्रदेश सरकारले २८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

सुदूरपश्चिम प्रदेशले ३९ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । बजेटको प्राथमिकता कृषि, पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी आदि रहेका छन् । चालू आवका लागि यस प्रदेश सरकारले २५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६